कोशेली घरमा ‘गाउँको’ बेसारदेखि तोरीको तेलसम्म बिक्री (सामाग्रीको मूल्य सहित)

नेपालगन्ज, २७ बैशाख : तपाईलाई बिशुद्ध गाउँको बेसार चाहिएको छ ? वा तोरीको तेल ? यदि चाहिएको छ भने नेपालगन्जको कोशेली घरमा जानुभयो भने तपाईले भनेजस्तै सामाग्री पाउनुहुनेछ । नेपालगन्ज उपमहानगरपालिकादेखि पूर्वजाने बाटोमा रहेको कोशेली घरले गाउँमा उत्पादन भएको आर्गनिक सामाग्री सस्तो मूल्यमा बेचिरहेको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा सामान बेच्न थालेपछि यतिबेला कोशेली घरमा जाने सेवाग्राहीको संख्या बढेको छ ।

हातले बनाएको पेन होल्डरदेखि डस्बिनसम्म

पेन राख्ने पेन होल्डरदेखि फोहोर फाल्ने डस्बिनसम्म यहाँ पाईन्छ । बाबियोबाट बनाईएका यस्ता सामाग्री थारु समुदायमा धेरै प्रचलनमा हुने गरेका छन्

पेन होल्ड : प्रति गोटा रु एक सय
रोटी राख्ने हटकेश : प्रतिगोटा पाँच सयदेखि छ सयसम्म
भुर्की : प्रतिगोटा दुई सय ५०
पुजा राख्ने ढकिया : प्रति गोटा पाँच सय
डस्बिन : प्रति गोटा छ सय
मस्यौरा : प्रति सय ग्राम ५० रुपैया
प्रति दुई सय ग्राम : एक सय रुपैया
मुंगको तितौरा : प्रति दुई ग्राम एक सय रुपैया
मासको तितौरा : प्रति दुई सय ग्राम एक सय रुपैया
आलु चिप्स : प्रति प्याकेज २० रुपैया
च्याउँ सुकुटी : प्रति सय ग्राम एकसय रुपैया
मसुरो ताल : प्रति केजि १ सय १० रुपैया
केराउ : प्रति केजि ६० रुपैया
चना : प्रति केजि १ सय २० रुपैया
बेसार : पाँच सय ग्रामको १ सय ७५ रुपैया
तोरीको तेल : प्रति लिटर २ सय ४० रुपैया
अचार मसला : प्रति सय ग्राम ५० रुपैया
चनाको बेसन : प्रति केजि १ सय ४० रुपैया
मह : प्रति केजि ५ सय ५० रुपैया
चुक : प्रति केजि ३ सय ५० रुपैया
आँपको अचार : १ सय २० देसख १ सय ३० सम्म

यि बाहेक यहाँ जहुँको सातु,बिभिन्न हस्तकलाका सामाग्री पाईन्छ । महिला उद्यमी संघ बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा कोशेली घर स्थापना गरेको हो । महिला उद्यमी संघका प्रतिनिधिहरुले कोशेली घरमा बिशुद्ध आर्गनिक सामाग्रीहरु मात्र बिक्री गर्ने लक्ष्य राखेका छन् । त्यो पनि महिलाहरुले उत्पादन गरेका मात्र ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २७, २०७६     1:51:13 PM