अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशमा बिभिन्न कार्यक्रम आयोजना

बाँके : अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशको अवसरमा आईतबार बाँकेमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नर्सिङ्ग संघ बाँकेको आयोजनामा नेपालगन्जमा प्रभातफेरी, रक्तदान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

बिहान नेपालगन्जमा प्रभातफेरी गरेपछि रक्तदान समेत भएको थियो । त्यसपछि भेरी प्राविधिक शिक्षालयमा भब्य अन्तरक्रिया र सांगितिक कार्यक्रम गरिएको थियो । संघकी अध्यक्ष लक्ष्मी केसीले बिरामीको सेवालाई जोड दिदै नर्सिङ्ग दिवश मनाईएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘पहिलो प्राथमिकता बिरामीको सेवा नै हो । साथै हामीले पेशागत हकअधिकारका बिषयमा पनि आवाज उठाएका छौं ।’

अन्तरक्रियामा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, बरिष्ठ चिकित्सक श्यामशुन्दर यादव, डा बिनोद खेतान, चिकित्सक संघ भेरीका अध्यक्ष डा. बिनोद कर्ण, नेपालगन्ज उपमहानगरपालिकाको महिला शाखा प्रमुख शोभा शाह लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६     12:58:51 PM