नयाँ अभिकर्ता प्रशिक्षण सम्पन्न

नेपालगन्ज,२९ बैशाख : महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडले बढैयाताल गाउँपालिकाको वडा नं. १ शान्तिपुरमा नयाँ अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर शाखाको आयोजनामा सम्पन्न एकदिने उक्त कार्यक्रममा महालक्ष्मी लाईफको बारेमा शाखा प्रमुख बामदेव पोख्रेलले विस्तृत रूपमा प्रशिक्षण गरेका थिए ।

पोख्रेलले प्रशिक्षणको क्रममा नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा समेत जानकारी गराएका थिए । २५ भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका एजेन्सी विरेन्द्र थापा क्षेत्रीले गरेका थिए । कार्यक्रममा अभिकर्ता स्कीममा झोला जित्न सफल अभिकर्ता सिता कुमारी महतरा (शुशिला) लाई झोला सहित सम्मान गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६     7:58:57 PM