नेपालगन्ज बिमानस्थलले पायो ‘सुरक्षा प्रमाणपत्र’, अन्र्तराष्ट्रियस्तरको पूर्वाधार बन्दै

नेपालगन्ज, ३० बैशाख : नेपालगन्ज बिमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्यन संस्था  (आईकाओ)को सुरक्षा मापदण्ड अनुसारको बनाउन प्रक्रिया शुरु भएको छ । नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले सोमबार ‘एरोडन सेफ्टी’ प्रमाणपत्र हस्तान्तरण गरेसंगै यहाँको बिमानस्थलको पूर्वाधार अन्र्तराष्ट्रिय सुरक्षा मापदण्डको बन्ने भएको हो ।

महानिर्देशक गौतमले नागरिक उड्यन प्राधिकरणका प्राधिकरण नेपालगन्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरलाई उक्त सुरक्षा प्रमाणपत्र हस्तान्तरण गरे । ‘यहाँहरुको काधमा नेपालगन्ज बिमानस्थललाई उत्कृष्ट बनाउने जिम्मेवारी आएको छ ।’ कर्मचारीलाई निर्देशन दिदै महानिर्देशक गौतमले भने–‘यदि जिम्मेवारी पुरा भएन भने प्रमाणपत्र खोसिन्छ पनि ।’ महानिर्देक गौतमले कर्मचारी, एयरलाईन्स कम्पनी सबैको सहकार्यमा नेपालगन्ज बिमानस्थल उत्कृष्ट बन्ने बिश्वास व्यक्त गरे ।

नेपालमा हाल संचालित ३० बढि बिमानस्थलमा त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल, बिराटनगर बिमानस्थल र त्यसपछि नेपालगन्ज बिमानस्थलमा यो प्रमाणपत्र प्राप्त गरेको छ । एक वर्षको अध्ययन पछि प्राधिकरणले उक्त प्रमाणपत्र दिएको छ । कम्तिमा आगामी दुई वर्ष आवश्यक मापदण्ड पुरा गरिसक्नुपर्नेछ । मापदण्ड पुरा नगरे प्रमाणपत्र खोसिन्छ ।

नागरिक उड्यन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमचन्द्र ठाकुरले यहाँको बिमानस्थलले ठुलो फड्को मार्न लागेको बताए । ‘अहिले पनि यहाँको बिमानस्थलको पूर्वाधार सुरक्षित नै छ । तर अब भने अझ राम्रो र अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको बन्छ ।’ ठाकुरले भने–‘त्यसका लागि आवश्यक पर्ने बजेट बिनियोजनका लागि आग्रह गरेका छौं ।’ यो मापदण्ड अनुसार रनवे बिस्तारदेखि बिमानस्थलमा सुविधा सम्पन्न र जोखिमरहित पुर्वाधार निर्माण गर्ने काम गर्दछन् ।

प्रकाशित मितिः सोमवार, बैशाख ३०, २०७६     1:47:15 PM