सिद्धार्थ समूह आजबाट महेन्द्रनगरमा पनि,‘हस्पिटालिटी’ क्षेत्रमा उत्कृष्ट सेवा दिने

नेपालगन्ज, २ जेठ : स्वदेशी लगानीको देशकै प्रतिष्ठित सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले तीन दशक देखि महेन्द्रनगरमा सन्चालनमा रहेको होटल न्यु आनन्दसंग व्यवस्थापनको साझेदारी गरेको छ । होटल न्यू आनन्दसंगको व्यवस्थापकिय साझेदारीसंगै महेन्द्रनगरमा सिद्धार्थ बिजनेश समूहको प्रवेश भएको छ ।

आज बिहिवार भब्य कार्यक्रमकाबीच होटलको उद्घाटन हुँदैछ । सिद्धार्थ बिजनेश ग्रुपले महेन्द्रनगरमा आफ्नो सेवा सुचारुलाई ‘मनैले सुदुरपश्चिमलाई जोड्ने’ नारा दिएको छ ।  होटल न्यु आनन्दले ब्यबस्थापकीय साझेदारीको रुपमा महेन्द्रनगरमा ल्याएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी नेपाल कै हस्पिटालिटी क्षेत्रको अग्रणी गु्रप हो । होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी क्याफे, होटेल म्यानेजमेन्ट, इष्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका ब्यबसायहरु संचालन गर्दै आएको सिद्धार्थ ग्रुपले महेन्द्रनगर स्थित होटल न्यु आनन्दमा ब्यबस्थापकिय साझेदारी सहित सेवा बिस्तार गरेको हो । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले महेन्द्रनगरमा पहिलो पटक व्यवस्थापीक रुपमा साझेदारी गरेर शुरुवात गरिएको बताए ।

‘हामीले होटल व्यवसाय क्षेत्रलाई भरपर्दो र अझै गुणस्तर बनाउन तालिम सहितका जनशक्ति उत्पादनमा समेत काम गर्दै आएका छौं’ सीईओ न्यौपानेले भने,‘ व्यवस्थापकीय हिसाबले अन्यत्रका शाखाहरुमा प्रदान हुने सेवा महेन्द्रनगरमा होटल न्यु आनन्दले समेत प्रदान गर्नेछ।’ महेन्दनगर लगायत ७ नम्बर प्रदेशमा होटल ब्यबसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ ग्रुपले महेन्द्रनगर स्थित होटल न्यु आनन्दसंग सहकार्य गरेर हस्पिटालिटी सेवा प्रदान गर्न लागेको हो ।

होटल आनन्दका सञ्चालक एंव कार्यकारी निर्देशक परमानन्द भण्डारीले थप लगानी र नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको होटलको बिहिवार एक औपचारिक कार्यक्रम गरेर उद्घाटन गरिने जानकारी दिए । २०४३ सालमा नरिश्वर भण्डारीले होटल स्थापना गरेका थिए ।
‘बुवाले शुरुवात गरेको होटल व्यवसायलाई निरन्तरता दिदै सेवा गुणस्तर बनाइएको हो’ पर्यटन व्यवसायी समेत रहेका भण्डारीले भने,‘होटलमा लगानी थप गरेर नयाँ व्यवस्थापन गरिएको हो।’ होटलले सुदूरपश्चिम प्रदेशमा आन्तरिक र वाह्य पर्यटकहरुलाई भित्र्याउदै आएको छ । थप लगानी गरेर पुरानो होटललाई स्तरोन्ती गरेर होटल न्यु आनन्दले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीसंग ब्यबस्थापकीय साझेदारी गरेर गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्न लागेको हो । न्यु आनन्द होटलमा ५१ वटा अत्याधुनिक सुबिधा युक्त कोठा, तालीम र पार्टीका लागि २ वटा हल र रेष्टुरेन्ट लगायतका सुबिधाहरु छन ।

होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी क्याफे, होटेल÷म्यानेजमेन्ट इष्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका ब्यबसायहरुको नेटबर्क बनाएर सिद्धार्थ गु्रपले कैलालीको टीकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार,काठमान्डौको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, लगायतका स्थानहरुमा २२ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २, २०७६     7:10:54 AM