प्रदेश ५ को नीति तथा कार्यक्रम प्रस्तुत (बिस्तृत हेर्नुहोस्)

प्रदेश प्रमुख उमाकान्त झा ।बुटवल ९ जेठ : प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पूर्वाधार, कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा अघिल्लो वर्षका धेरै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम थपिएको छ ।

नीति तथा कार्यक्रममा सरकारले सरकारी, निजी क्षेत्र तथा सहकारीबीचको सहकार्यलाई जोड दिएको छ । कृषि उत्पादन, औद्योगिक विकास तथा जलविद्युतको उत्पादन र सौर्य उर्जा उत्पादनलाई पनि जोड दिएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६     6:52:33 PM