बिकल्प आर्युवेदको शाखा नेपालगन्जमा खुल्ने

नेपालगन्ज,११ जेठ : चितवनमा प्रधान कार्यालय रहेको बिकल्प आर्युवेद हेल्थ सेन्टर प्रालिले पाँचौ शाखा नेपालगन्जमा सन्चालनमा ल्याउने भएको छ । चितवन, पोखरा, दांग, धनगढी पछि नेपालगन्जमा सन्चालनमा ल्याउन लागेको शाखा सोममार उद्घाटन हुने अध्यक्ष आँकाश थापाले जानकारी दिए ।
बिकल्प आर्युवेदमा चिकित्सक सहितको आर्युवेद सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुनेछ । सर्बसुलभरुपमा बिरामीको उपचार गर्ने सचिव केशव न्यौपानले जानकारी दिए । बिकल्प आर्युवेदका सन्चालक गोपाल शर्माले पछिल्लो समय आर्युबेद क्षेत्रमा आर्कषण बढेको बताए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६     6:17:55 PM