चर्को गर्मीका कारण कोहलपुर र बैजनाथका बोर्डिङ्ग स्कुल छ दिन बन्द गरिने

१६ जेठ, बाँके : बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका चर्को गर्मीका कारण बोर्डिङ्ग स्कुल बन्द गरिने भएको छ । प्याब्सन, एन–प्याब्सन र उक्त क्षेत्रमा क्रियाशिल विद्यालयहरुको संगठन क्रिसाले संयुक्तरुपमा जेठ १९ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन ।
चर्को गर्मीले विद्यार्थीहरु प्रभावित भएको प्याब्सन कोहलपुरका अध्यक्ष यम रावतले जानकारी दिए । बालबालिकाको स्वास्थ्यमा ध्ययान दिदै बिद्यालय बन्द गर्ने निर्णय गरेको र उक्त बिदा बर्षे बिदाबाट कटौती गरिने रावतले जानकारी दिएका छन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १६, २०७६     1:20:48 PM