गर्मीका कारण बाँकेका मण्टेश्वरी एशोसियसन आवद्ध स्कुल पनि बन्द हुने

१७ जेठ, बाँके : गर्मीका कारण बाँकेका मन्टेश्वरी विद्यालय पनि केही दिनका लागि बन्द गरिने भएको छ । मण्टेश्वरी एशोसियसन बाँकेमा आवद्ध बिद्यालयहरु जेठ १९ गतेबाट २६ गतेसम्म बन्द गर्ने निर्णय गरिएको अध्यक्ष लुना बुढाथोकीद्धारा प्रेसित बिज्ञप्तीमा उल्लेख छ । २० औं कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।


गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका चर्को गर्मीका कारण बोर्डिङ्ग स्कुल बन्द गर्ने निर्णय गरेको भोलीपल्ट मण्टेश्वरी एशोसियसनले यस्तो निर्णय गररेको हो । उक्त एशोसियसनमा नेपालगन्जका थोरै मण्टेश्वरी आवद्ध छन् । सबैभन्दा धेरै कोहलपुरक्षेत्रका रहेका छन् । डे केयर समेत रहने भएकाले बन्द गर्ने या नगर्ने भन्ने जिम्मा सम्बन्धित मण्टेश्वरीकै हो । आफुहरुले आह्वान मात्र गरेको बुढाथोकीले बताईन । प्याब्सन, एन–प्याब्सन र उक्त क्षेत्रमा क्रियाशिल विद्यालयहरुको संगठन क्रिसाले संयुक्तरुपमा जेठ १९ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १७, २०७६     1:19:57 PM