प्रदेश ५ मा मदन भण्डारीको जन्मदिन साताव्यापीरुपमा मनाउन यस्तो छ तयारी

बाँके २५ जेठ : नेपाली राजनीतिका शिखर पुरुष एवं तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म जयन्ती प्रदेश ५ मा साताव्यापी रुपमा मनाउने तयारी भएको छ । असार १४ गते स्वर्गीय भण्डारीको जन्मदिन पर्छ । मदन भण्डारी फाउण्डेशनले मदन जयन्ती साताब्यापीरुपमा मनाउने तयारी गरेको प्रदेश अध्यक्ष सुर्य ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार,जिल्लास्थित फाउण्डेशनको सहकार्यमा उक्त कार्यक्रमहरु आयोजना गरिने छ । जस अनुसार,

असार ८ गते

समृद्ध नेपाल : सुःखी नेपाली भन्ने बिषयमा प्रदेश व्यापी खुल्ला निबन्ध प्रतियोगिता आयोजना गरिने छ । घरमै बसेर उक्त बिषयमा तयारी भएको निबन्ध स्वीकार गरी बिशेषज्ञ सहितको निर्णायक मण्डलले उत्कृष्ट छनौट गर्नेछ । उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशी रु २० हजार, द्धितीय रु १५ हजार, तृतीय रु १० हजार रहेको छ ।

असार ९ गते

प्रदेश ५ का १२ वटै जिल्लामा भब्यतापूर्वक रक्तदान कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको मदन भण्डारी फाउण्डेशन प्रदेश कमिटी सदस्य दिपा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित जिल्लामा रहेका फाउण्डेशन कमिटिले रक्तदानको व्यवस्थापन गर्नेछ । एउटै आयोजकले एकै पटक धेरै मात्रामा रगतदान गरेको रेकर्ड बनाउने गरी तयारी भइरहेको शर्माले बताउनुभयो ।

असार १० गते

समाजबादन्मुख अर्थतन्त्र बिषयक अन्तरक्रिया गोष्ठी सम्बन्धित जिल्लाहरुमा गरिने छ ।

असार ११ गते

प्रदेश ५ का सबै जिल्लामा रहेका मुख्य सरकारी अस्पतालमा सरसफाई कार्यक्रमको आयोजना गरिने प्रदेश कमिटि सदस्य हलिम शाहले जानकारी दिनुभयो ।

असार १२ गते

समाजबादन्मुख अर्थतन्त्रका बिषयमा प्रदेशस्तरिय कार्यक्रम र पुरस्कार बितरण गरिने अध्यक्ष सुर्य ढकालले बताउनुभयो । उहाँका अनुसार प्रदेश ५ मा जनताको बहुदलिय जनताको बिषयमा थेसिस र पिएचडी गरेकालाई सम्मान गरिने छ । त्यस्तै निबन्ध प्रतियोगितामा बिजयीलाई पुरस्कार बितरण गरिने छ ।

मदन भण्डारी फाउण्डेश प्रदेश ५ का सबै जिल्लामा बिस्तार हुने क्रममा रहेको छ । बाँकेमा पदम धिताल, बर्दियामा इन्द्र रावल, दांगमा शिवकुमार आचार्य, प्यूठानमा अजय सिंह र रुपन्देहीमा थानकुमारी थापाको नेतृत्वमा फाउण्डेशन गठन भइसकेको छ । त्यस्तै प्रदेश स्तरमा धर्मराज भुषालको अध्यक्षतामा मदन भण्डारी बौद्धिक मन्च, दिपक खनालको अध्यक्षतामा मदन भण्ण्डारी कला, साहित्य प्रतिष्ठान र नरजीत पुनको अध्यक्षतामा मदन भण्डारी स्पोर्टस् एकेडेमी गठन भएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । जिल्लास्तरमा यि कमिटि गठन भइरहेका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २५, २०७६     4:13:04 PM