फेक हैन फ्याक्ट न्यूजको खाँचो छ : मन्त्री बास्कोटा

बाँके । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकार नागरिक स्वतन्त्रताका लागि कुनै पनि कसर नराख्ने बताउनु भएको छ । उहाँले प्रेस स्वतन्त्रताको पक्षमा सरकार रहेको तर स्वच्छन्दताको पक्षमा नरहेको बताउनु भयो । सरकारले प्रेस काउन्सिल विद्येयक दर्ता गर्न साथ फिर्ता ले भन्दैमा फिर्ता न लिने बताउनु भयो ।

विद्येयकमा रहेका विषयमा छलफल गरिने, तर विद्येयक नै फिर्ता नलिने उहाँको भनाई रहेको छ । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नेपाली मिडिया क्षेत्रको विकासका लागि यो सरकार पूर्ण रुपमा जिम्मेवार रहेको बताउनु भएको छ । लोकतन्त्रको स्थापना गर्ने र यसका लागि संघर्ष गर्ने पार्टीको सरकारले कहिले पनि मिडिया विरोधी नहुने र हुनै नसक्ने बताउनु भयो । समाचार लेखेकै कारण कोही पत्रकारलाई अप्ठेरो नहुने बताउनु भएको छ । मन्त्री बास्कोटाले फेक न्यूज हैन फ्याक्ट न्यूजका लागि सरकारले पत्रकार र पत्रकाति जगतको विकासका लागि काम गरेको बताउनु भएको छ ।

नेपालमा पत्रकारिताको विकासका लागि पत्रकारीता क्षेत्रमा रहेका विभिन्न प्रकारका गलत प्रवृतिको अन्त्यका लागि सरकारले काम गर्ने बताउनु भएको छ । पत्रकारिता क्षेत्रमा रहेको एकाधिकार र नियन्त्रणमुखी पत्रकारिताको अन्त्य गरिने बताउनु भएको छ । पत्रकारिताका लागि एकै लगानी र स्वामित्वमा विभिन्न माध्यमका संचार गृह संचालनको हालको अवस्थालाई अन्त्य गरिने बताउनु भएको छ । एकै कम्पनीमा सबै प्रकारका आम संचारका माध्यम संचालन अनुमति दिने बन्द गरिने उहाँको भनाई छ । सरकारले पत्रकारिता क्षेत्रमा गरेको योगदान पनि उल्लेख्य रहेको बताउनु भएको छ ।

हाल विज्ञापन क्षेत्रमा रहेको विभेदको नीतिको अन्त्य हुने र विज्ञापन सबै मिडियाको अधिकार हो भन्ने सोचको विकासका लागि सरकारले विज्ञापन नीति ल्याउन लागेको वताउनु भएको छ । समानुपातिका विज्ञापन वितरण गर्ने सरकार तानाशाही हो भन्ने प्रचार गर्नेले एकाधिकारको वकालत गरेको बताउनु भएको छ ।नेपाली संचार माध्यमको विकासका लागि सरकारले बदलिदो समाज र बदलिदो संचार अनुसारको नीति अबलम्बन गरेको बताउनु भयो ।

सरकारका प्रवक्ता बास्कोटाले नेपालको अस्थिरता, विखण्डन र नेपाली समाजको प्रगति भएको देख्न नचहाने केही तत्वहरु फेरी सलबलाउन लागेको बताउनु भएको छ । विचारले थोत्रा भएका र काम नलाग्ने भईसकेको सोच र व्यवहार भएकाहरु फेरी नेपाली समाजमा कल पैदा गर्न लागेको बताउनु भएको छ । प्रयोग विहिन भएकाहरु र पुराना अवशेषहरु सलबलाउन लागेका छन । जसलाई नेपाली जनता रक्षानमा फालेका थिए ति तत्वको अव कुनै भुमिका नहुने वताउनु भयो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६     5:50:55 PM