देश विकासमा लेखापरिक्षकहरुको भुमिका

  • मोहम्मद जुबेर राई
मोहम्मद जुबेर राई

समयको बिकास क्रमसगै देशले राजनैतिक स्थायित्व प्राप्त गरेको छ । लामो समय सम्म राजनैतिक अधिकार प्राप्तिको लागि ठुला आन्दोलनहरु भए। कैयांै ब्यतिmहरुले जीवन बलिदान गरे फलस्वरुप आज देशले फड्को मारेको छ । राजनैतिक अधिकार प्राप्ति सगै आर्थिक बिकास कसरी गर्न सकिन्छ भनेर बौद्धिक जगतका मान्छेहरुमा ठुलो बहस छ । संबिधानको मर्म बमोजिम जनताले महसुस गर्ने गरी र देखिने गरी आर्थिक बिकास गर्न सकिएन भने देश फेरि पनि कठिनाइमा गुज्रन्छ र जनताको आशामा तुषारापात लाग्ने निश्चित छ । आर्थिक सम्बृद्धि लाई नारामा मात्रै सिमित नराखी कसरी ब्यवहारीक रुपमा नै प्राप्त गर्न सकिन्छ भन्ने तर्फ सबै पक्षले सोच्न जरुरी छ । सोहि ब्यवहारीक कार्यान्वयनको सन्दर्भमा हामी लेखापरिक्षकको के भुमिका रहन्छ भन्ने विषयमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

१. शुसासनमा हाम्रो भुमिका :— नेपाल एउटा बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको मुलुक हो । विविधतामा एकता नै हाम्रो पहिचान हो । सबै भाषा, धर्म, संस्कृतिको एकताको धरोहरको रुपमा नै नेपालले बिशिष्ट पहिचान बनाएको छ । देशले ठुलो बलिदानी पूर्ण संघर्षपछि प्राप्त गरेको उपलब्धिको रुपमा नया संबिधान प्राप्त गरेको छ । अझै पनि पूर्णरुपमा कार्यान्वयन गर्न धेरै चुनौतिहरु रहेका छन् । राज्यका निती ,निर्देशक सिद्धान्त, मौलिक हकको ब्यवस्था, आवधिक र्निवाचन प्रणाली, मानव अधिकारको रक्षा जस्ता महत्वपुर्ण विषयहरुलाई लेखापरिक्षकको तर्फबाट ब्यवहारिक कार्यान्वयनमा कसरी लैजान सकिन्छ भन्ने विषयमा ठोस कार्य योजना बनाई अगाडि बढ्न राजनैतिक एवं प्रशासनिक ब्यक्तिलाई सुझाब दिनु हाम्रो राष्ट्रिय कार्यभार हो । नाराले मात्र आर्थिक बिकास हुन सक्दैन ।

देशमा व्यापक भ्रष्टचार, बेरोजगारी, अशिक्षा जस्ता सम्स्याहरु छन्। अरबौ ब्यापार घाटा छ। लगानी मैत्री वातावरण र्निमाण हुन सकेको छैन । समयमै बजेट नआउने र कार्यान्वयनमा नआउने समस्यालाई नितिगत रुपमै हल गर्ने ब्यवस्था नभए सम्म आर्थिक विकास हुन सक्दैन । कसरी लगानी बृद्धि गर्ने, रोजगारी सृजना गर्ने, आर्थिक सुसासन, पारदर्शिता जस्ता अति महत्वपुर्ण विषयहरुलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा गहन अध्ययन गर्न जरुरी देखिन्छ । संबैधानिक रुपमा अधिकार प्राप्त संस्थाहरुलाई कसरी सहयोग गर्न सकिन्छ र वित्तिय अनुशासन कायम गर्न सकिन्छ भन्ने विषयमा लेखापरिक्षकको तर्फबाट आफनो ब्यवहारिक अनुभव प्रदान गर्नु लेखापरिक्षकको राष्ट्रिय रुपमा नै ठुलो भुमिका रहेको छ । योजना र्निमाण, बजेट बिनीयोजन, योजनाको कार्यान्वयन र कामको समिक्षा गर्दै राष्ट्रिय रुपमा नै निती र्निमाणमा सहयोग गर्नु र राष्ट्रलाई त्यो भुमिका प्रदान गर्नु हाम्रो दायित्व हुन आउछ ।

२.स्थानिय रुपमा हाम्रो भुमिकाः— देश संघिय ढाचामा गईसकेको छ । हाम्रो संविधानले संघिय शासन प्रणालि अनुरुप स्थानिय सरकारको ब्यवस्था गरेको छ । संविधानले जे परिकल्पना गरेको छ त्यसको मर्म विपरीत स्थानिय स्तरमा ठुलो वेथितीहरु देखिने गरेका छन् । कतिपय स्थानिय तहमा जनताको तागतबाट स्थापित भएका जनप्रतिनिधी र प्रशासनको जिम्मा लिएका जिम्मेवार कर्मचारी बिच मेलमिलाप हुन नसकेको अवस्था छ । स्थानिय तहमा बजेट तर्जुमा, स्थानिय संघसस्था संग हातेमालो गर्दै कसरी जनताको दुःख सुखमा साथ दिन सकिन्छ भन्ने कुरा सोच्न जरुरी छ । लेखापरीक्षकहरु बौद्धिक पेशाकर्मि भएको नाताले यस्ता समस्याहरुको सामधानको शुत्र पत्ता लगाउन सक्दछन् । स्थानिय सरकार नै वर्तमान संविधानको मेरुदण्ड हो । जनताको ईच्छा र आकांक्षा बिना स्थानिय सरकारले पनि पाईला चाल्न सक्दैन । समाजमा लेखापरिक्षण ब्यवसाय के हो ? लेखापरिक्षक को हुन् , यिनको के भुमिका छ ? स्थानिय स्तरमा हुने विकास र्निमाण र आर्थिक पारदर्शिताको लागि लेखापरिक्षकले के काम गर्न सक्छन् भन्ने विषयमा सहयोग र सल्लाहको अपेक्षा जनताले गरेका हुन्छन् । यिनै विषयमा आफनो मत ब्यक्त गर्नु र जनताको भावना अनुरुप स्थानिय सरकारलाई सहयोग गरि बिकास र्निमाणमा सहयोग गर्नु हाम्रो दायित्व हो ।

३.दिगो पेशाको लागि हाम्रो भुमिकाः— जीवनमा कुनै पनि पेशा, रोजगारी एवं आर्थिक क्रियाकलाप हुन सकेन भने जीवन चल्न सक्दैन । हामी लेखापरिक्षकको पनि आफनै पेशा रहेको छ । यो पेशालाई कसरी मर्यादित, ब्यवसायीक र सेवामुलक रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कुरामा हामी अति नै संवेदनशिल हुन जरुरी छ । राज्यले हामीलाई बौद्धिक ब्यक्तिको रुपमा गणना गरी आर्थिक पारदर्शिताको लागि जिम्मेवार बनाएको छ । लेखापरिक्षकले गर्ने हरेक ब्यवसायीक निर्णय पर्खेर ब्यवसायी, लगानिकर्ता एंव उद्योगिहरु बसेका हुन्छन् र आफनो ब्यवसायीक धारणा परिवर्तन गर्दछन् । लेखापरिक्षकहरुलाई सामाजिक उत्तरदायित्व भन्दा बाहिर बसेर शासन गर्ने अधिकार कसैले पनि दिएको छैन । हाम्रो नियमनकारी निकाय, राज्यका संयन्त्रहरुको नियमको परिधी भित्र रहेर नै हाम्रो निर्णयहरु र क्रियाकलापहरु हुने गर्दछ । हामिले कसरी काम गर्ने र पेशालाई दिगो कसरी बनाउने भन्ने विषयमा सांगठनिक तागतको रुपमा केन्द्रमा केन्द्रिय अडान ( नेपाल अडिटर्स एशोसिएसन ) छ भने जिल्लामा केन्द्रिय अडानकै मातहतमा रहने गरि जिल्ला समिती रहेको छ। लेखा ब्यवसाय के हो? लेखापरिक्षण कार्य कसरी गर्ने राज्यलाई हामिले हाम्रो तर्फबाट कसरी सकारात्मक र सृजनात्मक सुझाव दिन सकिन्छ र हाम्रो पेशालाई दिगो रुपमा अगाडि बढाउन सकिन्छ भन्ने सांगठनिक रुपमा ब्यापक छलफल गरि निस्केको निश्कर्षलाई हामिले लेखापरिक्षक साथिहरुलाई सुझाब दिने हुँदा पेशालाई मर्यादित बनाउन जरुरी छ । हाम्रो दायित्वलाई हामिले राम्ररी बुझनु पर्दछ अनिमात्र हाम्रो पेशा दिगो हुन सक्छ र देशले हामिबाट जे अपेक्षा राखेको छ हामि पुरा गर्न सक्छौ ।

अन्तमा राष्ट्र र्निमाण गर्ने अभियानमा लाग्नु हरेक नागरिकको कर्तब्य हो । पेशा, ब्यवसाय, सेवा जुन रुपबाट भएपनि सबैले आफनै तरिकाले सेवा गर्नु नै हाम्रो दायित्व हो । हाम्रा आवश्यकताहरु धेरै छन् तर पनि बिस्तारै पुरा गर्दै जिवनलाई सधै नया गोरेटो तर्फ डो¥याउनु पर्दछ । सबै विषयमा सबै ब्यक्ति निपुण हुन सक्दैन । आफनो क्षेत्रबाट आफुले आर्जन गरेको ज्ञान र सिप राज्यको निम्ति लगानी गर्न सकियो भने मात्र हामी सच्चा नागरिक बन्न सक्छौ र लेखापरिक्षकको कर्तब्य निर्बाह गर्न सक्दछौ ।

धन्यवाद !
( लेखक राई नेपाल अडिटर्स एशोसिएसनका केन्द्रीय सदस्य हुनुहुन्छ । यो लेख नेपालगन्ज उद्योग वाणिज्य संघको स्मारिकाबाट साभार गरिएको हो)

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६     3:57:32 PM