जानकारी नदिने गैरसरकारी संस्थाले कार्यक्रम गर्न नपाउने

नेपालगन्ज,२९ जेठ : नगरसभाबाट पारित नगरी कुनै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले नेपालगन्ज उपमहानगरपालिकाभित्र आफ्ना कार्यक्रम सन्चालन गर्न नपाउन भएका छन् । गैरसरकारी संघसंस्थाहरुले आर्थिक वर्ष २०७६÷०७७ मा गर्ने कार्यक्रमका बारेमा उपमहानगरपालिकालाई लिखित जानकारी गराउनुपर्नेछ ।

नेपालगन्ज उपमहानगरपालिका नगर विकास योजना तर्जुमाको तयारीमा छ । उपमहानगरपालिकाको मूल्य, मान्यता र नीति भित्र रहेर आफ्नो स्रोतबाट काम गर्न इच्छुक राष्ट्रिय, अन्र्तराष्ट्रिय र स्थानीय गैरसरकारी संस्थालाई कार्यक्रमका बारेमा बिबरण पेश गर्न भनिएको छ । अन्यथा कार्यक्रम प्रस्तुत नगर्ने संस्थालाई काम गर्न नदिइने उपमहानगरले स्पष्ट पारेको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     5:48:48 PM