पत्रकार प्रदिप वाग्लेद्धारा बुवाको पुण्य तिथी दुईवटा अक्षयकोष स्थापना

बाँके । पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले आफ्ना बुवाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन । वाग्लेले आफ्ना दिवंगत पिता झगरीलाल उपाध्यायको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन । अक्षयकोष स्थापनाका लागि प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले २५ हजार सहयोग गर्नु भएको छ । यसका साथै वाग्लेको पुरानो घर बर्दियाको बढैयाताल गाउँपालिकाको विद्यालयले संचालन गर्ने गरी ५० हजारको अक्षयकोष स्थापना पनि गर्ने उहाँले जानकारी दिनु भयो।


श्रद्धाञ्जली सभामा बोल्दै वाग्लेले हरेक वर्ष बाँकेमा क्रियाशिल पत्रकारहरुमध्ये २ जनालाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गरिने बताउनु भयो । वामपन्थी पत्रकारहरुको साझा संगठन प्रेस संगठनमार्फत स्थापना गरिएको अक्षयकोषको आकार आगामी दिनमा थप बढाउँदै लाने बताउँदै वाग्लेले दिवंगत पिताको स्मृतीमा अन्य विधामा समेत अक्षयकोष स्थापना गर्नेगरी तयारी भईरहेको जानकारी दिनु भयो ।
१३ औं दिनको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा ५ नं. प्रदेश सदस्य अकल बम, पत्रकार महासंघ ५ नं. प्रदेशका महासचिव भेषराज बस्नेत लगाएत उपस्थित ब्यक्तिहरुले स्व. उपाध्यायले युद्ध आन्दोलन र समाज रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । स्व. उपाध्यायका १ छोरा, १ छोरी र श्रीमती छन ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     6:08:13 PM