चट्याङ परेर बाँकेको चौखेरीमा आगलागी हुँदा बालिका घाइते, ४० घर नष्ट

नेपालगन्ज,२९ जेठ : आज बुधवार बिहान ११ बजेतिर बाँके डुडुवा गाउँपालिका वडा नम्बर १ छोट्कि चौखेरी भन्ने गाँउमा चट्याङ परेर आगलागी भएको छ । आगलागीबाट राम खेलौना यादबको छोरी नन्कै यादबको ढाडको पछाडिको भाग जली घाईते भएकी छन् । चालिसवटा घर जलेर नष्ट भएका छन् ।

गाउँमा आगलागी भएको भन्ने जानकारी पश्चात तत्काल प्रहरी चौकी खडैचाबाट प्रहरी सहायक निरिक्षक कबिन्द्र कठायतको कमाण्डमा ५ जनाको टोलि खटेको थियो । स्थानिय र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भएको थियो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल,सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक.भेष बहादुर शाह ,राष्ट्रिय अनुसन्धानका उप निर्देशक कमल प्रसाद भट्टराई लगायतले आगलागी भएको ठाउँ अनुगमन गरेका थिए ।

राहात बितरणको कार्य सुरु भएको छ । आगलागीबाट ४० वटा घरमा क्षेति भई नगद, जिन्सी तथा अन्नबाली समेत जली नष्ट भई अचालिस लाख मुल्य बराबरको नोक्सानी भएको भएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     6:27:13 PM