संसदमा अथकले भने,–‘कर्मचारीले अनुदान खाइदियो भन्दै कृषकले गुनासो गर्छन् ’

बाँके ३० जेठ : बाँके निर्वाचन क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथकले बुधवारको प्रतिनिधिसभा बैठकमा कृषी अनुदान पाउने कृषक कर्मचारीहरुबाट ठगिने गरेको बिषयलाई प्राथमिकता दिएर उठान गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिदै सांसद अथकले ‘अनुदान लक्षित बर्गसम्म पुग्न नसकेको र पुगेपनि कर्मचारीले २५ देखि ४० प्रतिशतसम्म खाइदिने गरेको गुनासो कृषकले आफुहरुसंग गर्ने गरेको’ बताए ।

‘कृषकको अनुदान रकम लक्षित बर्गसम्म पुग्न सकेको छैन ।’ संसदमा अथकले भने–‘पुगेको कृषकले अनुदान रकमको कर्मचारीले खाइदियो भन्दै गुनासो गर्न आउँछन् ।’ सांसद अथकले यसरी सेटिङ्ग मिलाएर सन्चालन गरिने अनुदान कार्यक्रमको उपलब्धी नहुने भन्दै चिन्ता व्यक्त गरे । उनले अनुदान लिने कृषकलाई पनि सही ठाउँमा सदुपयोग गर्न आग्रह गरे । ‘अनुदान त लिने अर्को कुनै काम गर्ने, छोराछोरीको बिवाहमा लगाउने । यस्तो काम रोकिनुपर्छ ।’– अथकले भने । सांसद अथकले संसदमा बाँके जिल्लाको विकास निर्माणका बिषयमा बोलेका थिए ।

धार्मिक पर्यटनका लागि राम्रो बजेट
सँस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले बाँकेका धार्मिक स्थलहरुको बिकासका लागि आर्कषक बजेट बिनियोजन गरेको छ । (१) कम्मरशाह मजार डुडुवा रु ५० लाख (२) बागेश्वरी मन्दिर नेपालगँज रु ५० लाख (३) बिश्व बिराट महादेव मन्दिर कोहलपुर २ रु १० लाख (४) बर्फानी वावा धाम नरैनापुर ३ रु १५ लाख (५) भुवरभुवानी मन्दिर बैजापुर रु १५ लाख बिनियोजन गरेको छ । र खेलकुद मन्त्रालयले कोहलपुर स्थित क्रिकेट मैदानको लागि रु २ करोड रुपैया बिनियोजन गरेकोछ । सांसद अथकले बजेट बिनियोजनका लागि पहल गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ३०, २०७६     8:25:03 AM