बैशाखसम्म बाँकेमा ८ सय ३० उद्योग दर्ता

नेपालगन्ज ३० जेठ : बाँके जिल्लामा घरेलु तथा साना उद्योगको लगानी उत्साहजनक देखिएको छ । चालु आर्थिक वर्ष २०७५र ०७६ को बैशाख मसान्तसम्म् ८ सय ३० वटा उद्योग दर्ता भएका छन् । प्राईभेट फर्म ६ सय ९७, साझेदारी ६२ र प्रालिमा दर्ता भई अनुमति लिएका ७१ वटा घरी ८ सय ३० उद्योग दर्ता भएको हो ।

दर्ता भएका अधिकांस उद्योग सन्चालनको प्रक्रियामा छन् । राजनीतिक अस्थिरता र आंशिकरुपमा भएपनि बिद्युतको समस्या समाधान भएकाले उद्योग सन्चालनको वातावारण सिर्जना भएको हो । घरेलु तथा साना उद्योग बाहेक बाँकेमा करोडौको लगानीमा थुप्रै ठुला प्रोजेक्टहरु सन्चालनमा आउँदैछन् । चालु आर्थिक वर्षमो साउन महिनामा ९३, भदौमा १ सय ७, असोज ७५, कात्र्तिक १ सय ११, मंसिर ८६ र पुसमा ८० उद्योग दर्ता भएका थिए । जम्मा ५ सय ५२ वटा उद्योगको लगानी एक अरव २९ करोड ५१ हजार रहेको छ । यि उद्योगहरुले वार्षिकरुपमा रु दुई अरव ४८ करोड ५२ लाख ९४ हजारको सामाग्रीहरुको उत्पादन गर्ने लक्ष्य लिएका छन् ।

नयाँ उद्योगहरु थपिएसंगै रोजगारीमा समेत बृद्धि भएको छ । चालु आर्थिक वर्षमै दर्ता भइ सन्चालनमा आएका उद्योगहरुले महिला १२ सय २८ र पुरुषा २ हजार २७ सहित जम्मा ३२ सय ५५ जनालाई रोजगारी प्रदान गर्ने छ । उक्त उद्योगहरुमा १ सय ७८ जना महिला र ५ सय ७७ गरी ७ सय ४४ जना उद्यमीको लगानी गरेको छ । व्ययवसायीहरुले लगानीको वातावारण बन्दै गएकाले घरेलु तथा साना उद्योगमा आर्कषण देखिएको बताएका छन् । यसलाई प्रोत्साहन गर्न राज्यले ध्यान दिनुपर्ने घरेलु तथा साना उद्योग महासंघ बाँकेकी सचिव मधु खड्काले
बताईन ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ३०, २०७६     1:35:38 PM