भैरहवामा सिद्धार्थ समूहले पाँच तारे होटल खोल्दै

नेपालगन्जस्थित सिद्धार्थ होटल ।

नेपालगन्ज : देशभरका प्रमुख ठाउँहरुमा लक्जरी होटलको सन्जाल बिस्तार गरिरहेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँच तारे होटल पनि संचालनमा ल्याउने भएको छ।

यो समूहले भैरहवामा आगामी दुई वर्षभित्र सेवा शुरु गर्ने योजनाको साथ सिद्धार्थ इन्टरनेशनल होटलको निर्माण कार्य शुरु गरेको छ । करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको होटल परिसरभित्र ८ तल्ले होटल भवन निर्माण गरिन लागेको छ। होटलमा ८५ भन्दा बढी कोठा रहने समूहले जानकारी दिएको छ ।

लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निकट भविष्यमै संचालनमा ल्याउने तयारी भइरहेकोले विदेशी पर्यटकको आगमन बाक्लिने आशामा भैरहवा(लुम्बिनी क्षेत्रमा पाँच तारे होटलमा लगानी ओइरिएको छ । सिद्धार्थ बिजनेश समूह हस्पिटालिटीक्षेत्रमा सेवाग्राहीको मन जित्न सफल मानिन्छ । सानो कटेजबाट शुरु भई देशभरका प्रमुख शहरमा लक्जरी होटल सन्चालनमा ल्याउन सक्नु ठुलो उपलब्धीका रुपमा हेरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६     2:06:52 PM