मानव धर्म समितिद्धारा रक्तदान आयोजना

नेपालगन्ज : नेपाल मानव धर्म समितिको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मानव धर्म समितिको भेरी अंचल आश्रमले बिश्व रक्तदाता दिवसको अवसरमा ८१ जनाले रक्तदान गरेको आश्रमका अभियानता तेजनारायण कँडेलले जानकारी दिए ।
उनका अनुसार ७१ जना पुरुष १० जना महिलाहरुको सहभागितामा रक्तदान गरिएको हो । कँडेलले असहाय बिरामीको सेवाका लागि रगत संकलन गरिएको बताउँदै आगामी दिनमा पनि सेवा गरिरहने जानकारी दिए । यो संस्था नियमितरुपमा र सबैभन्दा धेरे रक्तदान गर्ने संस्थाभित्र पर्छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६     2:20:28 PM