बोटेचौरमा बन्यो चारलेन सडक,भेरी करिडोर र दाङ्गको ‘ट्रान्जिट’ बनाउने लक्ष्य

गुर्भाकोट ( सुर्खेत) ४ असार ; भेरी करिडोर र दाङ्ग पुरनधारा जोेड्ने सडकको ‘ट्रान्जिट’ पर्ने बोटेचौर बजारमा चारलेन सडक बनेको छ । चारलेन सडक बनेसंगै बोटेचौरलाई शुन्दर र रमणीय बजारका रुपमा स्थापित गराउन सहज भएको गुर्भाकोट वडा नम्बर ९ का अध्यक्ष शशी भट्टराईले बताउनुभयो ।

‘पाँच सय मिटर बाटो चारलेनको बनेको छ । सडक निर्माणले बजार अत्यन्त फराकिलो र शुन्दर भएको महसुस गरेका छौं ’ वडा अध्यक्ष भट्टराईले भन्नुभयो–‘ आगामी दिनमा बजारलाई अझ राम्रो बनाउने गरी अभियानहरु सन्चालन हुने अपेक्षा गरेका छौं ।’ केन्द्रीय कार्यक्रम अन्र्तगत सडक बिभागले बोटेचौर–दाङ्गको पुरनधारा जोड्ने सडकको स्तोरन्नती गरिरहेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि पूर्वमा पर्ने गुर्भाकोट समथर र पहाडी भूभागले घेरिएको नगरपालिका हो । प्राकृतिकरुपमा सम्पन्न नगरपालिकामा स्थानीय तहको सरकार गठनसंगै पूर्वाधार निर्माणको काम धमाधम भइरहेका छन् । सुर्खेतपछिकै दोस्रो ठुलो शहर ( भेरीगंगा र गुर्भाकोट) निर्माणको बिकल्पका रुपमा हेरिएको यि ठाउँहरुमा सडक पूर्वाधारलाई उच्च प्राथमिकता दिईएको छ ।

डोल्पा जोड्ने भेरी करिडोर र प्रदेश नम्बर ५ को दाङ्ग जोेड्ने ट्रान्जिटका रुपमा रहेको बोटेचौरलाई पूर्वाधारयुक्त बनाउन आवश्यक रहेको सामाजिक अभियानमा सक्रिया युवा छबी डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘गुर्भाकोटले बजारीकरणको राम्रो सम्भावना बोकेको छ । आगामी दिनमा यसलाई अझ परिस्कृत र बिकसित बनाउँदै लैजानुपर्छ ।’

स्थानीय व्यवसायी खुमान डाँगी बोटेचौरलाई ट्रान्जिटका रुपमा बिकास गर्दै लैजानुपर्नेमा जोड दिनुहुन्छ । अझ दाङ्गलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने चर्चा चलिरहंदा बोटेचौर बजार कर्णाली प्रदेशको राजधानी सुर्खेत र ५ नम्बर प्रदेशको राजधानी दाङ्ग जोड्ने माध्यम बन्न सक्ने उहाँले बताउनुभयो ।

प्रकाशित मितिः बुधबार, असार ४, २०७६     12:57:52 PM