फ्लोरी कल्चर भित्रा्उने निनु भन्छिन,–‘अब आफ्नै नर्सरी बनाउँछु’

नेपालगन्ज ७ असार : खजुरा गाउँपालिका –१ की २८ वर्षिया निनु पाण्डेले नेपालगन्जमा फ्लोरी कल्चर पसल ‘फ्लोरल डिलाईट’ सन्चालनमा ल्याएकी छन् । जेठ महिनादेखि उनले सुरु गरेको पुष्प व्यवसाय (फ्लोेरी कल्चर) नेपालगन्जका लागि नयाँ हो । छ महिना तालिम लिए पश्चात पाण्डेले घरवारीटोलदेखि न्यूरोड जाने सडकमा सटर भाडामा लिएर व्यवसाय शुरु गरेकी छन् ।

‘गिफ्ट पसल र नर्सरीबाट पनि फुल र फुल सजावटको काम फाटफुट नभएको होइन । तर हातले आफै बनाएर काम गर्ने भनेको यहाँको लागि नयाँ हो ।’ पाण्डेले भनिन–‘सन्चालनको एक महिनाको अवधीमा राम्रो रेस्पोन्स पाएका छौं ।’ लोकसेवाको तयारी गर्दा गर्दै पाण्डेले यो व्यवसाय शुरु गरेकी हुन । चार÷पाँच पटक परिक्षा दिंदा कति पटक नाम निस्किएन भने कतिकोे रिजल्ट आउन बाँकी छ । ‘लोकसेवा पास हुन सकेन भने अरु केही काम त गर्नुपर्यो नी । मैले यही काम रोजे ।’– पाण्डेले भनिन् ।

सानो उमेरदेखि नै बिवाह, गाउँका नयाँ नयाँ कार्यहरु हुँदा सजावटको काममा उनी सक्रिय हुन्थिन । त्यही कारणले गर्दा अहिले फ्लोरी कल्चर व्यवसायमा संलग्न भईन । उनी भन्छन्,–‘सानैदेखि रुची थियो । अहिले रुचीकै काम गर्दैछु ।’ उनको काममा परिवारका सदस्यले पनि साथ दिएका छन् । आर्थिक सहयोग गरेका कारण व्यवसाय गर्न सहज भएको उनले बताईन ।


पाण्डेको पसलमा आर्कषक फुलहरु पाईन्छ । बुकी बनाएर राखेका फुलहरु उपहार दिन मिल्छ । बिवाहको लागि बरमाला हातले बुनेर बनाईन्छ । जुन किन्न अहिले धेरै आउन थालेका छन् । कार सजावटको काम समेत गरिन्छ । सभा, समारोहको सजावटको काममा सक्रिय छन्, उनी । उपहार दिन वा सजावटको काम गर्नका लागि फुलहरु ल्याउन लखनउ र काठमाण्डौ जान नपर्ने पाण्डेले बताईन ।

साउन महिनादेखि खजुरामा नर्सरी बनाएर फुलहरु लगाउने योजना बनाएकी छन् । दशैं र तिहारलाई लक्षित गरेर उनले नर्स बनाउन लागेको बताईन । उनी भन्छिन्,–‘अब अन्यत्रबाट फुल नल्याए पनि हुने बनाउने योजना छ ।’

प्रकाशित मितिः शनिबार, असार ७, २०७६     12:49:34 PM