बाँकेका एसपी ओलीले भने,–‘आँशु लिएर आएका पीडितलाई हाँसो सहित फर्काउछु’

एसपी बीरबहादुर ओली ।

बाँके ११ असार : जिल्ला प्रहरी कार्यालय बाँकेका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक  (एसपी) बीरबहादुर ओलीले ‘आँशु लिएर आउने पीडितलाई हाँसो दिएर फर्काउने’ बताएका छन् । आज बुधवार पदभार सम्हाले लगत्तै पत्रकारसंगको भेटघाटमा संक्षिप्त कार्ययोजना प्रस्तुत गर्दै प्रहरी उपरीक्षक ओलीले अन्यायमा परेर (आँशु लिएर) आउने पीडितलाई न्याय (हाँसो) दिएर फर्काउने बताएका हुन ।

‘प्रहरीले के गर्ने भन्ने कुरा कानूनले स्पष्ट पारेको छ । त्यसकारण यहाँ म अहिल्यै यो गर्छु र उ गर्छु भन्दिन ।’ प्रहरी उपरीक्षक ओलीले भने–‘ तपाई सम्झिनु होस् की म मेरो र मातहतका कार्यालयमा आँशु लिएर आएको पीडितलाई हाँसो दिएर फर्किने वातावरण बनाउँछौ ।’ प्रहरीलाई निर्दिष्ट गरेको कार्ययोजना कार्यान्वयननै आफ्नो मुख्य लक्ष्य हुने बताउँदै प्रहरी उपरीक्षक ओलीले यद्यपी समाजिक वातावरण अनुकुलका नयाँ कार्ययोजना चाँडै ल्याउने जानकारी दिए ।

रुकुम स्थायी घर भएका ओली अहिले नेपालगन्जका बासिन्दा समेत हुन । उनले बाँके जिल्लामा रहेर बिभिन्न गण, तालिम केन्द्र र ट्राफिक प्रहरी कार्यालयको नेतृत्व गरिसकेका छन् । बाँके जिल्लाका बारेमा राम्रोसंग बुझेका एसपी ओलीले शान्ती, सुरक्षा र अपराध नियन्त्रणमा सघाउन आग्रह गरेका छन् ।

यस्तै एसपी अरुण पौडेलले आजै ११ महिनामा आफुले गरेका कामकारवाहीका बिषयमा जानकारी गराएका छन् । यसअवधीमा जिल्लाको शान्ती, सुरक्षा कायम गराउन सघाउने सबैलाई एसपी पौडेलले धन्यबाद दिएका छन् । उनको मकवानपुरमा सरुवा भएको छ ।

एसपी अरुण पौडेल सहित ।
प्रकाशित मितिः बुधबार, असार ११, २०७६     5:44:24 PM