खेम र सोमतीको नयाँ गीतको भिडियो छायाङकन

भगतराम थारु
नेपालगन्ज १६ असार : पछिल्लो समयमा बाँके लगायतका विभिन्न जिल्लामा धमाधम थारु म्युजिक भिडियो सार्वजनिक हँुदै गएको छ । थारु म्युजिक भिडियोले पनि यतिवेला अरु भाषाको गित जस्तै फड्को मार्दै आएको छ । थारु म्युजिक भिडियोमा पनि राम्रा राम्रा कलाकार, राम्रो छायाङकन र डाइरेक्सन भएको थुप्रै म्युजिक भिडियो उत्कृष्ट भएको गित बजारमा आएको छ ।

बाँके स्थित गनापुरमा रहेको नमस्ते रेष्टुरेन्टमा भर्खरै खेम भौगरिया र सोमति चौधरीको स्वरमा रहेको नाचो रे नाचो कान्छा बोलको थारु म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । नमस्ते रेष्टुरेन्टमा नाचो रे नाचो कान्छा बोलको छायाङकन भैरहेको बेला रेष्टुरेन्टका ग्रहाक र कर्मचारीले भरपुर मनोरञ्जन लिएका थिए । कलाकार रामदयाल, निर्मला चौधरी, जनक चौधरी र पुजा चौधरी प्रचण्ड गर्मीमा पनि झुमि झुमी नाचो रे नाचो कान्छा बोलको गितमा नाचेका थिए । डिजे प्याटनमा रहेको नाचो रे नाचो बोलको गितमा उनिहरुले थारु भेषभुषालाई समेत प्रथामिकताका साथ समावेश गरिएको डाइरेन्टर प्रदिप चौधरीले भन्नुभयो ।

गितमा सोमती चौधरीले नाचो न नाचो कान्छा मदराके तालमा, अवरा दुनिया खै का करल मै तो तोहार चालमा भनेपछि गायक खेम भौगरियाले मैयाके वियर हुइतु मैया के खेती, बाचल बाटी नाचकलाग करि मोजमस्तिले चुस्कि समेत लिएका थिए । छायाङक भएको स्थानमा गायक गायीकाले समेत मनोरञ्जन दिएका थिए । मदरक ताल मदरक ताल दुई दिनके जिन्दगीमा गाँसी माया जाल जस्ता मार्मिक खाले शव्द संगित गितमा रहेको छ । यस्तै कोरसमा शिव चौधरी, सन्दिप चौधरी, सुरज थारु, सुनिल चौधरी, डिके चौधरी रहेका छन भने गितको डाइरेक्सन प्रदिप चौधरीले गरेका छन् । गितको छायाङकन आरकेसी डिजिटल पिपरीका रामु चौधरीले गर्नुभएको छ भने गितको छायाङकन बाँकेको नमस्ते रेष्टुरेन्ट र चौधरीयन गाउँमा भएको छ ।

प्रकाशित मितिः सोमवार, असार १६, २०७६     8:09:30 PM