नेपाल आइडल रवि ओडलाई जिभिएन कलेजको सम्मान, के भने ओडले ?

नेपालगन्ज :  जिभिएन कलेजले नेपाल आइडलका दोस्रो बिजेता रवि ओडलाई सम्मान गरेको छ । शुक्रवार कलेजले कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो । सुदूरपश्चिममा जन्मिएका ओडले नेपालगञ्जमा सम्मान पाउँदा खुःसी लागेको प्रतिक्रिया दिए ।

‘नेपालगञ्ज मेरा लागि घर जस्तै हो । यसरी यहाँहरुको सम्मान पाउँदा झन् खुःसी लागेको छ’ ओडले प्रतिक्रिया दिदै भने–‘तपाईहरुले गायनक्षेत्रलाई गरेको सम्मानले थप प्रोत्साहन मिल्नेछ ।’ जिभिएन कलेजले बिहान मात्र सम्मान कार्यक्रममा कलेजका सञ्चालक इश्र्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश भण्डारी, संयोजक लोकराज ढकाल लगायतको सहभागिता रहेको थियो ।

सिइओ भण्डारीले विद्यार्थीलाई अतिरिक्त गतिबिधिमा संलग्न गराउन र कलाकारहरुको सम्मानका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले भने,–‘विद्यार्थीलाई किताव मात्र पढाउने भन्दा पनि यस्ता गतिविधिमा सहभागि गराउँदा त्यसले थप ज्ञान बढाउँछ ।’

‘यसकारण विद्यार्थीको प्राथमिकतामा पर्छ जिभिएन कलेज’

प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     12:37:36 PM