राष्ट्र बैंकको छलफलमा नेपालगञ्जका व्यवसायीले ब्याजदरको विषय उठाए

नेपालगञ्ज २१ असार : नेपाल राष्ट्र बैंक नेपालगञ्जले शुक्रवार गरेको ‘समसामयिक आर्थिक तथा बैंकिङ्ग’ बिषयमा अन्तरक्रिया कार्यक्रममा नेपालगञ्जका उद्योगी,व्यवसायीहरुले बैंकको ब्याजदरका बिषयमा कुरा उठाएका छन् । जिल्लाका बैंक तथा बित्तिय क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको उक्त छलफलमा व्यवसायीहरुले बैंकले चर्को ब्याजदर लिएर निजीक्षेत्र धरासायी बनाएको तर बैंकले भने नाफा कमाउँदै गएको आरोप लगाए । छलफलमा नेपालगञ्ज उद्योग वाणिञ्ज संघका महासचिव अजय टण्डन लगायतको सहभागिता थियो ।

अन्तरक्रियामा यहाँका बैंकर्स, भञ्सार तथा राजश्व कार्यालयका प्रमुख, उद्योगी, व्यवसायी लगायतका सहभागि रहेको थियो । राष्ट्र बैंकका तर्फबाट बाँके, बर्दिया र कर्णाली प्रदेशको अहिलेको आर्थिक तथा बैंकिङ्ग बिषयमा प्रतिवेदन पेश भयो । प्रतिवेदन माथि छलफल हुनाका साथै सरोकारवाला निकाय र अहिलेको आर्थिक तथा बैंकिङ्गका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रधानमन्त्रीसम्ममा पुगेको ब्याजदरको मुद्दामा यहाँका बैंकर्सहरुले खासै प्रतिक्रिया दिएनन् । उनीहरुले बैंकले राष्ट्र बैंकको निती भित्र रहेर ब्याजदर कायम गरेको प्रतिक्रिया दिदै उद्योगी, व्यवसायीहरुलाई आश्वस्त पार्ने काम गरेका थिए । बैंकर्सहरुले ब्याजदरमा हुने तलमाथिको प्राविधिक पक्षका बिषयमा जानकारी गराएका थिए ।

प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     9:38:53 PM