सुन चाँदी व्यवसायी संघ बाँकेको अध्यक्षमा सलाउद्धिन जसगढ  विजयी

नेपालगञ्ज २१ असार : सुन चाँदी व्यवसायी संघ, बाँकेको अध्यक्षमा तेस्रो कार्यकालका लागि सलाउद्धिन जसगढ बिजयी भएका छन् । शनिवार भएको निर्वाचनमा रामप्यारे वर्मालाई पराजित गर्दै जसगढ अध्यक्षमा निर्वाचित भएका हुन । शनिवार भएको निर्वाचनमा रामप्यारे वर्मालाई पराजित गर्दै जसगढ अध्यक्षमा निर्वाचित भएका हुन ।

विजयी जसगढले ८७ मत ल्याएका थिए भने पराजित वर्माले ५९ मत ल्याएका । उपाध्यक्षमा सन्तोष कुमार लखेर बिजयी भए । उनले ८४ मत ल्याएका थिए भने पराजित मुन्नालाल पुरवारले ६१ मत ल्याएका थिए । त्यसै गरि महासचिवमा सुक नारायण सुनार, सचिबमा मो. असलम जसगढ, कोषाध्यक्षमा हृदय वैश्य निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष जसगढले जानकारी दिए । उनका अनुसार कार्यसमिति सदस्यहरुमा क्रमशः अरविन्द्र सुनार, जोगिन्दर सिंह सरदार, मेराज अहमद जसगढ, राजु सोनी, मो. हासिम अन्सारी र महिला सदस्यमा गोपि सिंह बिजयी भएका छन ।नवनिर्वाचन कार्यसमितिलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भेटेर शुभकामना दिएका थिए ।

प्रकाशित मितिः शनिबार, असार २१, २०७६     7:35:35 PM