कहिल्यै नथाक्ने ‘क्याप्टेन सा’व’ : जवानी युद्धमै बित्यो, बुढेसकालमा शैक्षिक सुधार

  • निशु जोशी/नेपालगन्ज
देशमै नमुना सामुदायीक विद्यालयमा नेपालगन्ज १ मा रहेको धम्वोझी माविमा १५ वर्षदेखी निरन्तर विद्यालय व्यवस्थापन समिति चलाइरहेका समाजसेवि हुन् धनवहादुर चन्द । वि.स. २०६१ सालदेखी निरन्तर उनले नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर हालसम्म पनि जिम्मेवारी सम्हालीरहेका छन् । त्यो भन्दा अघि ३ वर्ष विद्यालय व्यवस्थापन समीतिको सदस्य भएर उनले काम गरेका थिए । उनि आइसकेपछि विद्यालयमा धेरै परीवर्तन भएका छन् ।
उनको कार्यकालमा नयाँ भवन निर्माण, मावि कक्षा सन्चालन, विज्ञान, कानुनको पढाई सुरु हुनका साथै प्राविधिक शिक्षाको समेत सुरुवात भएको विद्यालयका पुर्वप्रधानाध्यापक किरण आचार्यले जानकारी दिइन् । उनका अनुसार, भारतीय राजदुतावासको सहयोगमा पुरानो ठाउँमा ३ /४ चार कोठे भवन निर्माण भएको छ । २०६८ सालमा कम्प्युटर शिक्षा, २०७० सालमा प्राविधिक शिक्षा तर्फ ओभरसियरका कक्षा सुरु भए । उहाँको शिक्षा प्रतिको लगाव र मेहनतका कारण विद्यालय देशमै नमुना वन्न सफल भएको आचार्यले वताइन् । १८ वर्षदेखी एउटै विद्यालयको व्यवस्थापन समितिमा वस्न पाएकोमा खुसी व्यक्त गर्दै चन्दले शिक्षा क्षेत्रमा काम गर्ने वाल्यकालको आफ्नो सपना पुरा भएको बताए । यो सपना पुरा गर्नका लागी उनले धेरै लामो समय पर्खनु प¥यो ।
भारतिय सेनाबाट अवकास पाएपछि मात्र उनि विद्यालय व्यवस्थापन समीतिमा आएका हुन् । उनको काम नजीकबाट नियालेका स्थानीयले विश्वास गरेर यतिका वर्ष यो जिम्मेवारी सुम्पीए । ८० वर्ष पार गरेका चन्दले आराम गर्ने उमेरमा पनि जोस जागरका साथ सक्रिय भएर शैक्षिक गुणस्तर माथी उकास्नका लागी काम गरीरहेका छन् । उनि गएको वैशाख १ गते नेपाल सरकारले प्रदान गरेको जनसेवा श्री पदकबाट विभुषित पनि भए । सरकारले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै यो पदकले विभुषित गरेको हो ।
भारतिय सेनाको क्याप्टेन वनेर ३० वर्ष सेवा गरेका चन्दले जागीरवाट अवकाश पाएको पनि ३० वर्ष पुगीसकेको छ । जीवनकालमा सधै काममा सक्रिय भएका उनले भने – भारतिय सेनाको ३० वर्ष वितेको पनि पत्तै पाइएन । अवकाशपछि पनि सामाजीक क्षेत्रमा उनको सक्रियता कायमै छ । शिक्षा क्षेत्रलाई सुधार गर्ने उद्येश्यले शिक्षा क्षेत्रमा नै सक्रिय भएको उनि वताउछन् ।  लाहुरे वन्ने सपना वोकेर १९ वर्षको उमेरमा जन्मभूमी घर दैलेखबाट भागेर उनि भारतको गोरखपुर पुगेका थिए । गाँउमा व्याप्त गरीविका कारण जागीर नखाई सुखै थिएन । सवैजना कि त काम गर्नका लागी भारतको कालापहाड, हिमान्चल प्रदेश जानुपथ्र्यो कि त लाहुरे वन्न । उनले यी दुइ काम मध्य गाँउमा सवैले गर्व गर्ने काम रोजे । त्यसैले लाहुरे वन्न उनी भागेर भारत पुगे ।
भारतिय सैनिक वन्नका लागी उचाई ५ फुट ५ इन्च हुनुपर्ने मापदण्ड थियो तर उनको हाइट १ इन्च पुगेन । उनि छनौट भएनन् । तर छनौटको समयमा उनको विलक्षण प्रतिभा देखेर छनौटमा वसेका एकजना भारतिय सैनिकले उनलाई घर फिर्ता पठाएनन् । काम गर्न सक्ने आँटिलो उनको क्षमताबाट प्रभावित भएर उनको सपना पुरा गर्न मद्यत गरे । सेनामा भर्ति भएपछि चन्दले तालीम गर्नुपर्ने भयो । सुरुवातका भाग्ने, दौड्ने लगायतका शाररीक तालीममा उनि उत्कृष्ट वनेर पुरस्कार पनि जिते । सुरुवात उत्कृष्ट भएका कारण सेवा अवधीभर कहिल्यै पछाडि फर्कनु नपरेको उनले बताए ।  उनको वाल्यकालदेखीको रुचि शिक्षामा भएकाले दैलेखमा हँुदा सामान्य लेखापढी गरेका थिए । गाँउमा पिपलको रुखमुन्तिर वसेर माटोमा लेखेर सीकेका अक्षर भारत पुगेपछि जोड्न सीके ।
भारतिय सेना हुदा पनि उनिले पढाई छोडेनन् । भारतमै एसएलसीसम्मको पढाई पुरा गरे । उनि पढाईमा तिक्ष्ण थिए र काममा पनि । हरेक प्रतिष्पर्धामा उनि प्रायः प्रथम हुन्थे । उनको यो अद्भुत क्षमताका कारण भारतिय सैनिक वनेको २ वर्षमै उनको क्याप्टेन पदमा वढुवा भयो । सन् १९५८ मा पहिलो वर्ष सैनिक वनेका उनी दोश्रो वर्ष लेप्टेन र तेश्रो वर्ष क्याप्टेन वन्न सफल भए ।  सन् १९६२ सालमा उनले पहिलो युद्ध लडेर जिते । विश्वका तिन ठुला युद्ध लडेर जितेको अनुभव आफुसंग रहेको उनले बताए । युद्धमा खुट्टामा गोली लाग्यो तर उनले हार खाएनन् । युद्धमा मार्ने र मर्ने क्रम चलिरहने भएकाले यसलाई सामान्य रुपमा लिएको उनि बताउछन् । अहिले सम्झदा यस्ता युद्धहरु नहोउन् भन्ने लाग्छ, – उनले भने । अहिलेसम्म त्यस्ता युद्धहरु नभएको पनि उनले वताए । कहाली लाग्दो युद्ध लडेका उनले युद्धमा हुदा काम छोडेर हिडौँ भन्ने कहिल्यै नलागेको वताउछन् । सानैदेखी हरेक कुरा जित्न खोज्ने उनको आत्मविश्वासका कारण ती युद्धहरु पनि जितेरै छोडे ।
पहिलो युद्ध सन् १९६२ सालमा चिनमा हुँदा त्यसमा २ सय वढि नेपाली सैनिकहरु सहभागी थिए । भारतले चिनको भूमी मिचेकाले चिनले युद्ध सुरु गरेको थियो । विरुद्धमा लड्नेहरु विर गोर्खालीको पहिचान वनाएका प्रायः नेपालीहरु नै धेरै थिए । व्रिटिसहरुले नेपालसंग हारेको इतिहास भएकाले नेपालीहरुको विरता देखाउन आफु सैनिक वनेको उनले बताए । तर कहाली लाग्दो त्यो युद्धमा मर्ने वाँच्ने ठेगान थिएन । उनिसंगैका  कैयन साथीहरु छेउमै गोली लागेर मरे । उनिहरुलाई छोडेर पनि हिड्नुप¥यो । सुरुवातमा युद्ध लड्न डर लागेपनि विस्तारै डर हराउदै जादो रहेछ – उनले भने “मैदानमा लड्न गएको सीपाईको कहाँनीर कतिवेला ज्यान जान्छ भन्ने भर हुदैनथ्यो । भागेर जाने ठाँउ थिएन ।” उनले युद्धमा हुदाको एउटा घटना सम्झीए “कुखुराको भाले मारेर खाना पकाएर खाइसकेपछि एकजना साथीले ग्रीनेटमा सुन भरे । सोहि समयमा गोलीवारी वर्षीयो । उनिहरु माटोमा पुरीए । एकछिन पछि वाहिर निष्केर हेर्दा उ मरसिकेको थियो ।”
यस्ता कैयन घटना आँखाअघि सपना जस्ता लाग्थे । संगैका साथीको एकछिनमा कसैको खुट्टा छैन, आँखा छैन । शरीरका अंगहरु क्षतविक्षत भएको अवस्थामा हुन्थ्यो । कोहि संगै उपचार गर्दागर्दै मरे । तर आफु ७ महिना चिनको युद्धमा वस्न पाएको र अनुभव गर्न पाएको उनले बताए । अहिले समयसंगै युद्धको तरीका फेरीएको बताउदै उनले भने – “पहिले खुकुरी र भालाले युद्ध लड्ने गरीएको थियो । आजभाली एउटा वन्द कोठाबाटै देश ध्वस्त पार्नसक्ने खालका रीर्मोट बनाइएको छ ।” उनले सैनिक जीवनको एउटा सुखद क्षण सम्झीए । चिनको ७ महिने वसाई सकेर फर्किदाको क्षण उनको जीवनको अविष्मरणीय क्षण वन्यो ।
चिन र भारतको सम्झौतापछि युद्ध रोक्दै भारतले सैनिकहरु फिर्ता वोलायो । यसको खुसीमा चिनले खुसियाली भोजसभा ग¥यो । त्यो समयमा भारत आफ्नो देशको झण्डा लिएर सेनासहित युद्धमा होमीएका र बाँचेका सिपाहि फर्काउन आयो । त्यसपछि सकुशल फर्केर आएको क्षण अविस्मरणीय र सुखद रहेको उनले वताए । ठिक त्यस्तै अर्को सुखद क्षण भारतिय सम्मान वोकेर नेपाल फर्किएको क्षण उनले बताए ।  भारतिय सेनाबाट अवकाश प्राप्त गरीसकेपछि आफ्नो वाल्यकालको शिक्षा सुधार गर्ने सपनामा उनि फेरी सक्रिय छन् । उनको जोस, जागरका कारण स्थानीयले पनि उनलाई साथ दिएका छन् । उनको महत्वपुर्ण योगदानका कारण धम्वोझी माविले यो उचाइ पाएको स्थानीयहरु पनि बताउछन् । विद्यालय सुधारमा विद्यालय व्यवस्थापन समितिको पनि उत्तिकै महत्वपुर्ण भूमीका हुने विद्यालयका पुर्व प्रधानाध्यापक आचार्यले वताइन् । शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समीति र स्थानीयको सक्रियता र साथका कारण धम्वोझी मावि नमुना विद्यालय वनेको चन्दले वताए । उनी सामाजीक काममा पनि उत्तिकै सक्रिय छन् । हालसम्म उनले दर्र्जन वढि पुरस्कार प्राप्त गर्नुका साथी सम्मानीत भइसकेका छन् ।
(जोशीको ब्लगबाट साभार)
प्रकाशित मितिः आइतवार, असार २२, २०७६     12:24:43 PM