कृष्ण चौधरी प्रदेशस्तरीय पर्यटन समितिको सदस्य नियुक्त

बाँके २२ असार : होमस्टे तथा पर्यापर्यटनका अभियानता कृष्ण चौधरी भ्रमण वर्ष २०२० का लागि प्रदेशस्तरीय पर्यटन प्रर्बधन समितिको सदस्यमा नियुक्त भएका छन् । संघीय सरकारको निर्णय बमोजिम चौधरी प्रदेश ५ को पर्यटन प्रर्वधन समितिको सदस्यमा नियुक्त भएका हुन ।

चौधरी गाभर भ्याली होमस्टेलाई स्थापित गराउने संस्थापक हुन । उनी पर्यापर्यटन र होमस्टे प्रर्बधनका लागि सक्रिय छन् । सोही कामको कदर गर्दै सरकारले प्रदेशस्तरिय समितिको सदस्य मनोनयन गरेको हो । नेपाल भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यद्धारा हस्ताक्षरित पत्र चौधरीलाई हालै मात्र प्राप्त भएको छ ।

प्रकाशित मितिः आइतवार, असार २२, २०७६     6:08:19 PM