थारु भाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक

  • प्रेम सिंह

बाँके २२ असार ; थारु भाषाका गीतमा जम्दै गरेका मोडेल रामदयाल चौधरीको नयाँ भिडियो सार्वजनिक भएको छ । खेम भगौरीया र सोमती थारुको स्वरमा रहेको ‘नाचो न नाचो कान्छी विन्दास पाराले’ गीतको म्युजिक भिडियोमा उनी मोडल छन् ।

विभिन्न व्यस्तताका बाबजुत रामदयाल मोडलिङ्ग क्षेत्रमा सक्रिय छन् । नयाँ आएको भिडियाले राम्रो रहेको छ । उक्त गीतको निर्देशक प्रदिप चौधरीले गरेका थिए । आर केसी डिजिटल स्टुडियोबाट बनाइएको भिडियोमा कलाकारहरु निर्मला चौधरी, जनक चौधरी,पुजा चौधरीले अभिनय गरेका छन् । राजकुमार चौधरीले सहयोग गरेका थिए ।

प्रकाशित मितिः आइतवार, असार २२, २०७६     7:53:26 PM