बाँकेका ६३ प्रतिशत व्यावसायिक प्रतिष्ठानले लेखास्रेस्ता राखेनन्

नेपालगञ्ज २३ असार : बाँकेका अधिकांस व्यावसायिक प्रतिष्ठानले लेखास्रेस्ता नराख्ने गरेको पाईएको छ । यहाँ रहेका १८ हजार व्यावसायिक प्रतिष्ठान मध्ये थोरैले मात्र लेखास्रेस्ता राख्ने गरेको पाइएको हो ।

केन्द्रीय तथ्यांक विभागले गरेको आर्थिक गणना अनुसार बाँकेमा रहेका व्यावसायिक प्रतिष्ठान मध्ये ६३. ७ प्रतिशत अर्थात ११ हजार ६ सय १ वटाले लेखास्रेस्ता राखेको भेटिएन । जम्मा ३६.३ प्रतिशत अर्थात ६ हजार ६ सय ७ प्रतिष्ठानले लेखास्रेस्ता राखेको भेटिएको थियो । जिल्लामा रहेका उत्पादनमूलक उद्योग, बैंक तथा वित्तिय जस्ता क्षेत्रमा लेखा स्रेस्ता भएपनि अन्यमा भने त्यस्तो नपाइएको तथ्यांक विभागले जनाएको
छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले निजी क्षेत्रले परम्परागत प्रणालीबाट फड्को मार्ने क्रममा रहेकाले सबैले लेखास्रेस्ता राख्न नसकेको बताए । तर पछिल्लो समयमा लेखास्रेस्ता राख्ने प्रचलन बढ्दै गएको र आगामी दिनमा झन् बढ्ने उनले जानकारी दिए ।

 

आर्थिक गणनाको प्रतिवेदन : बाँकेमा १८ हजार उद्योग-व्यवसाय, ६५ हजारलाई रोजगारी

 

बाँकेका ३८.९ % व्यावसायिक प्रतिष्ठान ऋणबाट सञ्चालित

प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     2:59:26 PM