‘हरित खजुरा’का लागि सम्झौता, ‘पाइलट प्रोजेक्ट’ सञ्चालन हुने

बाँके/ ‘हरित कृषी र हरित शहरीकरण’का लागि खजुरा गाउँपालिका र चाइना ईन्स्टिच्यूट फर साउथ को–अपरेशन ईन एग्रीकल्चर बीच आज सम्झौता भएको छ । उज्वेकस्तानमा सञ्चालन भइरहेको एक कार्यक्रममा सहभागि हुन त्यहाँ पुग्नुभएका गाउँपालिका प्रमुख र सरोकारवाला निकायबीच सम्झौता भएको हो ।

खजुरामा पाईलट प्रोजेक्टका रुपमा उक्त कार्यक्रम शुरु हुँदैछ । सम्झौता कार्यक्रममा उज्वेकस्तानमा कृषि मन्त्री र अन्य देशका प्रतिनिधिको सहभागिता रहेको थियो । हरित कृषि र शहर निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी तयार भएको यसको ‘ग्राण्ड प्रोजेक्ट’ सन् २०२० बाट शुरु हुने गाउँपालिका प्रमुख कक्षपतिले जानकारी दिनुभयो ।

प्रोजेक्टको लागत लगायतका टुङ्गो लाग्दै छ । ‘हरित खजुरा बनाउने अभियानका लागि यो अत्यन्त ठुलो उपलब्धी हो ।’ कक्षपतिले भने–‘यसलाई दुर्तरुपमा अगाडी बढाउँछौ ।’ कक्षपति ‘ग्रिन इकोनोमी’का विषयमा उज्वेकस्तानमा सञ्चालन भइरहेको अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागि भइरहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     4:23:21 PM