‘स्कुल टपर’ देखि ‘मिस्टर बाँके र मिस एसइई’ को रोजाईमा जिभिएन

नेपालगञ्ज/ नेपालगञ्ज–११ बिपीचोकस्थित जिभिएन कलेजलाई ‘स्कुल टपर’ देखि अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीले रोजेका छन् । अहिले कक्षा–११ को नयाँ भर्नाका सञ्चालन भइरहेको छ । बाँके र अन्यत्र जिल्लाका विभिन्न विद्यालयबाट एसइईमा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका विद्यार्थी नयाँ शैक्षिक सत्रका लागि भर्ना भएको कलेजले जानकारी दिएको छ ।

मंगलवार मात्र ‘मिस्टर स्कुल बाँके’ विजेता सन्देश वाग्ले र ‘मिस एसइई नेपालगञ्ज’ सिमोन गिरी जिभिएनमा भर्ना भएका छन् । ‘जिभिएन सबै विद्यार्थीको रोजाईमा छ ।’– कलेजका सिईओ गणेश भण्डारीले भने,–‘यिनै उत्कृृष्ट विद्यार्थीलाई सर्वोत्कृष्ट बनाउने गरी हामी लाग्ने छौं ।’ जिभिएन प्रति रहेको विद्यार्थीको बिश्वासलाई कलेज प्रशासनले कमजोर हुन नदिने भण्डारीले बताए ।

जिभिएनमा विज्ञान, व्यवस्थापन, मानविकी, कम्प्युटर साईन्स, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम पढाई हुन्छ । यसपटकदेखि त प्लस टुमा कानून संकाय समेत शुरु भएको छ । प्लस टुबाटै कानून पढ्न चाहाना भएकालाई जिभिएनमा अवसर छ । जिभिएन गुणस्तरिय पढाईका कारण राम्रो नतिजा ल्याउन सफल कलेजका रुपमा परिचित छ ।

बिज्ञान लगायतका संकायमा यसक्षेत्रमा सर्बोत्कृष्ट नतिजा ल्याईसकेको छ । यहाँ जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययरत पनि छन् । कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भण्डारी भन्छन,–‘जिभिएनमा धेरै विद्यार्थी आउनुको कारण नै यहाँको पढाई अब्बल हुनु हो । त्यसबाहेक सुविधा सम्पन्न भौतिक पूर्वाधार र अतिरिक्त गतिबिधिलाई प्राथमिकता दिने हाम्रो नीतिलाई विद्यार्थीले रुचाउनु पनि हो ।’

प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     5:01:49 PM