यस्तो हुने छ ‘हरित खजुरा’

कृषिक्षेत्रको बर्तमान अवस्था र पाइलट प्रोजेक्ट सञ्चालन पछि आउने परिवर्तन झल्काउने स्केच ।

नेपालगञ्ज/ बाँकेको खजुरा गाउँपालिका ‘हरित कृषि र हरित शहर’को योजनाका लागि यतिवेला चर्चामा छ । सबैको मुखमा ‘हरित खजुरा’ भन्ने वाक्य झुण्डीए पनि बास्तवमा यो भित्र के पर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । हरित शहर, हरित गाउँ पछिल्लो समयमा नेपालमा थेगो नै भइसकेको बिषय हो । जहाँ पनि यि कुरा उठाईन्छ । अझ जनप्रतिनिधि त आफ्नो गाउँ, शहर यस्तै बनाउने भन्दै भाषण गर्न कहिल्यै छुटाउदैनन् । तर भनेकै भरमा कुनै पनि गाउँ, शहर हरित बनिहाल्ने होइन । यसका लागि योजनाबद्ध विकासको खाँचो पर्छ ।

खजुरा गाउँपालिकाले योजनाबद्ध तरिकाले हरित कृषि र हरित शहर बनाउने तयारी गरेको हो । जसका लागि मंगलवार मात्र संयुक्त राष्ट्र संघसंग जोडिएको चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच आज (मंगलबार) उज्वेकस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको छ ।

ग्रीन खजुरा बनाउनका लागि अति महत्वका साथ हेरिएको उक्त सम्झौता एकाएक भएको भने होइन । २०१८ बाट शुरु गरेको आन्तरिक छलफल र भेटघाटहरु सफल भएपछि मात्र सम्झौताको यो तहसम्म पुगेको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताउँछन् । कक्षपति ग्रीन इकोनोमीको एउटा कार्यक्रममा भाग लिन दुवई गएका थिए । ग्रीन इकोनोमी कार्यक्रममा जानु भन्दा पहिले गाउँपालिकामा यस विषयमा बिस्तृतरुपमा प्रस्तावना तयार गर्ने काम भएको त्यस काममा संलग्न पूर्णचन्द्र उपाध्याय बताउँछन् ।

हरित खजुराको प्रारम्भीक कार्यक्रमका बारे जानकारी दिदै पूर्णचन्द्र उपाध्याय ।

प्रस्तावना उत्कृष्ट भएपछि चिनिया समूह केही महिना अघि खजुरा अवलोकन गर्न आएका थिए । केही दिन बसेर बिभिन्न पक्षसंग छलफल र भेटघाट गरेका चिनियाहरुले हरित खजुराका लागि उपयुक्त माने पछि पाईलटक प्रोजक्ट सञ्चालन गर्न सहमत भएका हुन् । ‘पाइलट प्रोजेक्ट सफल गराउने गरी लाग्छौ’– हाल उज्वेकस्तानमै रहेका गाउँपालिकाका प्रमुख कक्षपतिले भने,–‘हाम्रा लागि ठुलो अवसर हो यो ।’

कक्षपति उज्वेकस्तान कार्यक्रममै रहेकाले हामीले यस विषयमा बिस्तृत जान्नका लागि पूर्णचन्द्र उपाध्यायसंग कुराकानी ग¥यौं । उनी गाउँपालिकाको बिज्ञ समुहमा छन् भने हरित खजुरा निर्माणको काममा प्रत्यक्ष संलग्न भएका व्यक्ति हुन । उनीसंग हामीले सोध्यौ,–‘हरित खजुरा भनेको रुख लगाएर हरियाली पार्ने मात्र हो ?’ उनको जवाफ थियो,–‘अह ! होइन । रुख रोप्ने पनि हो तर यो हरित खजुरामा यो भन्दा अत्यन्त फराकिला काम हुन्छन् ।’

उपाध्यायका अनुसार, खजुरामा पाइलेट प्रोजेक्ट कार्यान्वयन भएपछि कृषिक्षेत्रमा कायापलट हुने अपेक्षा गरिएको छ । सिंचाईको पूर्ण व्यवस्था, खेतीमा अत्याधुनिक प्रविधिको मात्र प्रयोग हुने छ भने उच्च गुणस्तरको बिउँबिजनको लगाउन प्रोत्साहित गरिने छ । ‘चिनिया टोली आएका बेला उनीहरुले हामी कहाँ एक कठ्ठामा कति धान उत्पादन हुन्छ भनेर सोध्नुभयो । हाम्रो जवाफ सुनेर अचम्ममा पर्नुभयो उहाँहरु । यहाँ एक कठ्ठामा फल्ने भन्दा कयौं गुणा बढि धान फल्ने रहेछ ।’– उपाध्यायले भने,–‘हो, पाइलट प्रोजेक्टले हाम्रो उत्पादन क्षमता त्यसैगरी बढाउने छ ।’

पाइलट प्रोजेक्ट सञ्चालन पछि दक्ष कृषि प्राविधिकको उत्पादन गर्ने छ । त्यसका लागि यहाँका कृषकहरुलाई प्रशिक्षणका लागि चिन पठाउने अवसर प्राप्त हुने उपाध्यायले बताए । ‘उनीहरु यही पनि हुन्छन् तर कतिपय कृषकहरु चिन गएर प्रशिक्षण पनि लिन्छन् ।’– उनले भने । यि सबै काम गरेर उत्पादन बृद्धि भए बजारिकरणको व्यवस्था पनि मिलाइने छ । कृषिका साथ साथै त्यसका लागि सडक, बिजुली लगायतका पूर्वाधार निर्माणका काम हुने छन् ।

पाइलट प्रोजेक्टका लागि कति रकम आवश्यक पर्छ भन्ने अहिले खुलेको छैन । तर प्रस्तावना तयार गर्दा रु २ अर्वसम्मको अनुमान गरे पनि यसको बिस्तृत खाका तयार भईसकेको छैन । कार्यक्रम गाउँपालिकाले कार्यक्रम कृषि सहकारी मार्फत सञ्चालन गर्ने छ । दिगो विकास लक्ष्य पुरयाउन खजुरामा हुने पाइलट प्रोजेक्टले महत्वपूर्ण भुमिका खेल्छ ।

प्रकाशित मितिः बुधबार, असार २५, २०७६     2:46:14 PM