नेपालगञ्ज उपमहानगरपालिकाले किनेका बस आईपुगे

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेको सातवटा बस आईपुगेको छ । अन्य स्थानीय तहसंग सोझो यातायात सम्बन्ध बढाउने नीति लिएको उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने गरी बस खरिद गरेको हो । बुधवार कम्पनीले बसहरु उपमहानगरपालिकाको कार्यालय परिसरमा ल्याईदिएका छन् ।

उपमहानगरपालिकाले बस सञ्चालनका लागि महिलालाई प्राथमिकता दिने तयारी गरेको छ । त्यसका लागि जेठ महिनामा तालिम दिने काम सम्पन्न भइसकेको छ । उनीहरुलाई प्राथमिकतामा राखेर बस सञ्चालन गर्ने उपमहानगरपालिकाको तयारी छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, बस नेपालगञ्जभित्र, खजुरा, कोहलपुर लगायतका ठाउँमा सञ्चालन हुने छ ।

प्रकाशित मितिः बुधबार, असार २५, २०७६     5:22:19 PM