सांग्रिला बैंकका कार्डबाहकले नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा छुट पाउने

नेपालगञ्ज/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगञ्जमा अवस्थित लर्डबुद्घ एजुकेशनल एकेडेमी लिमीटेडद्वारा संचालित नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । यो सुविधाबाट बाँके, बर्दिया लगायत यस क्षेत्रका सेवाग्राही सबैभन्दा बढि लाभान्वित हुने छन् ।

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही साउन १ गतेदेखि लागू हुने गरी १० प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको छ । सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लिमीटेडका प्रबन्ध संचालक डा. सुरेशकुमार कनोडियाले हस्ताक्षर गरे ।

प्रकाशित मितिः बुधबार, असार २५, २०७६     5:35:05 PM