गुर्भाकोटको बजेट रु ५३ करोड ८१ लाख : कृषकलाई सहुलियत ऋणदेखि उज्यालो अभियानसम्म

सुर्खेत/ आर्थिक वर्ष २०७६र०७७ का लागि उप–प्रमुख मैना बिकले प्र्र्रस्तुत गरेको गुर्भाकोट नगरपालिकाको बजेट पारित भएको छ । उप–प्रमुख बिकले पाँचौ नगरसभामा रु ५३ करोड ८१ लाख ८३ हजारको बजेट प्रस्तुत गरेकी थिईन ।

चालू तर्फ ६ करोड ८० लाख ९० हजार, सशर्त कार्यक्रम तर्फ २४ करोड ७७ लाख, आर्थिक बिकास तर्फ ३ करोड ३९ लाख,सामाजिक बिकासतर्फ ३ करोड ४५ लाख २४ हजार बिनियोजन गरिएको छ । त्यस्तै पुर्वाधार बिकास तर्फ २ करोड ३० लाख, वाताबरण तथा बिपद् ब्यबस्थापन तर्फ ५२ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १ करोड ६ लाख ८० हजार, अन्य सेवा तर्फ ४ करोड ४० लाख बिनियोजन गरिएको छ । नगर प्रमुख हस्त पुनको अध्यक्षतामा नगरसभा भएको थियो ।

हेर्नुहोस् बिस्तृतरुपमा बजेट

प्रकाशित मितिः बुधबार, असार २५, २०७६     8:52:00 PM