आय–आर्जनका लागि एकल महिलालाई बाख्रा बितरण

सुर्खेत -गुर्भाकोट नगरपालिका सुर्खेतले एकल महिलाको आयआर्जनका लागि बाख्रा बितरण गरेको छ । १४ वडाका प्रत्येक वडामा २ जना एकल महिलालाई एकल महिला आयआर्जन कार्यक्रम अन्तरगत १ वटा बाख्रा बितरण गरिएको हो ।

कार्यक्रम गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त बहादुर पुनको प्रमुख आतिथ्यता र उप–प्रमुख मैना बिकको अध्यक्षतामा भएको थियो । एकल महिलाहरुलाई राहात हुने गरी बाख्रा बितरण गरिएको हो । प्रमुख पुन र उपप्रमुख बिकलेले महिलाहरुको आयआर्जनका लागि आगामी दिनमा पनि सहयोग गर्ने बताए । साथै पालनपोषणमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रकाशित मितिः शनिबार, असार २८, २०७६     1:40:32 PM