महिला हिंसा सम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न

सुर्खेत / शनिवार गुर्भाकोट नगरपालिका नगर स्वास्थ शाखाको आर्थिक सहयोग र महिला पशु तथा कृषि उद्यमी सहकारीको सहयोगमा वडा नम्बर ९ मा महिला हिंसा सम्बन्धी एकदिने अभिमुखिकरण भएको छ । महिलालाई जागरुक बनाएर समाजलाई हिंसामुक्त बनाउन कार्यक्रम आयोजना गरिएको थियो ।

नगर स्वास्थ शाखाका सह संयोजक अन्नत खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्यसक्षेत्रमा महिलाहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथी खत्रीले महिलाहरु जागरुक नभएसम्म हिंसा अन्त्य नहुने बताए । उनले आगामी दिनमा महिला जागरुकता र महिला स्वास्थ्यका क्षेत्रमा बिभिन्न कार्यक्रम गरिनेमा जोड दिए । सहकारीको अध्यक्ष कमला बिकले महिला जागरणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताईन । उनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मितिः शनिबार, असार २८, २०७६     7:28:13 PM