चोरीका घटनाबाट आजित व्यवसायी, सुरक्षा माग्दै प्रहरीलाई बुझाए ज्ञापनपत्र

नेपालगञ्ज/ एक पछि अर्को चोरीका घटना भएपछि नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यावसायीहरु सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियनको अगुवाईमा गएको व्यावसायीको टोलीले आज साँझ जिल्ला प्रहरी प्रमुख बीरबहादुर  ओलीसंग भेटेर ज्ञापनपत्र बुझाएको छ । एशोसियसनका अध्यक्ष चिरञ्जीवी ओलीले जिल्ला प्रहरी प्रमुखसंग ‘सुरक्षा सुनिश्चिता’ माग गरेको बताए । उनले भने,–‘जहाँ–जहाँ प्रहरी बिट छन् त्यही त्यही चोरी भएपछि त्रसित हुन परेको छ ।’

एशोसियसनले धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुबिक, बिपीचोक जस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ । सिसिटिभी क्यामेरा जडान गरिएपनि काम नगरेको भन्दै व्यावसायीहरुले त्यसलाई सुधार गर्न भनेका छन् । अध्यक्ष ओलीले दुईवटा पसल चोरी गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरीसंग माग गरिएको बताए । व्यावसायीहरुको भेटमा बोल्दै जिल्ला प्रहरी प्रमुख बीरबहादुर ओलीले सुरक्षा सतर्कतामा कुनै कमी हुन नदिने बताए ।

 

एकै हप्तामा प्रहरी बिट सामुन्नेकै दुईवटा इलेक्ट्रोनिक्स पसल चोरी

प्रकाशित मितिः शनिबार, असार २८, २०७६     8:42:51 PM