होटल व्यवसायी संघ कोहलपुरको अध्यक्षमा चापागाई, महासचिवमा शर्मा

कोहलपुर/ होटल व्यवसायी संघ बाँके, कोहलपुरको अध्यक्षमा एक नारायण चापागाई सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न तेस्रो अधिवेशनले चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण रानाभाट, उपाध्यक्षमा क्रमश : सिता कार्की, भिम श्रेष्ठ, बलबहादुर कठायत ,लक्ष्मण थापा रहेका छन् । महासचिवमा खेमराज शर्मा, सचिवमा क्रमश टेक बहादुर बोगटी, लक्ष्मण खत्री, सहसचिवमा धने थापा, कोषाध्यक्ष मोहन रिजाल र सहकोषाध्यक्षमा मोहदत्त कँडेल रहेको अध्यक्ष चापागाईले बताए ।

प्रकाशित मितिः शनिबार, असार २८, २०७६     8:50:34 PM