झरीको मौका पारेर सुर्खेतरोडका नौं पसल एकै रातमा चोरी

बाँके- रातभर झरी पर्यो । सबै मस्त निन्द्रामा सुतेको मौकाको फाईदा उठाउँदै नेपालगञ्जको सबैभन्दा सुरक्षित र व्यस्त मानिने सुर्खेतरोडका नौं पसल शनिवार राती चोरी भएका छन् । लहरै रहेका प्रमोद किराना पसल, भोले बाबा फर्निचर, क्रियटिभ अल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा टे«र्डस, प्रभा किराना पसल, कुञ्ज टे«र्डस र शोभा टे«र्डसमा एकैपटक चोरी भएको हो ।

तीनवटा किराना पसलबाट झण्डै एक लाख नगद र रिचार्ज कार्ड चोरी भएको खुलेको छ । तर अन्य पसलबाट के कति चोरी भएको छ भन्ने खुलेको छैन । प्रहरी बिहान चोरी भएका ठाउँमा गएर मुचुल्का उठाउने काम गरिरहेको छ । चोरले नगद मात्र उठाएको छ । जहाँ नगद भेटिएको छैन त्यहाबाट अन्य कुनै सामान नलगेको पाईएको छ । दुई–दुईवटासम्म बलिया ताला लगाएको सटर समेत फोडेको भेटिएको छ ।

एक पछि अर्को चोरीका घटना भएपछि शनिवार साँझ मात्र नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यावसायीहरु सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए । त्यसको राती एकैपटक यतिका पसल चोरी भएपछि नेपालगञ्ज त्रसित बनेको छ । जिल्ला र वडा प्रहरी कार्यालयमा प्रमुख फेरबदल भएको र मौसम प्रतिकुल भएका बेला एकाएक चोरीका घटना बढेको छ ।


एशोसियसनले धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुबिक, बिपीचोक जस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ । सिसिटिभी क्यामेरा जडान गरिएपनि काम नगरेको भन्दै व्यावसायीहरुले त्यसलाई सुधार गर्न भनेका छन् । अध्यक्ष ओलीले दुईवटा पसल चोरी गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरीसंग माग गरिएको बताए ।

प्रकाशित मितिः आइतवार, असार २९, २०७६     9:09:21 AM