‘हरित खजुरा प्रोजेक्ट सुनौलो अवसर’– अध्यक्ष कक्षपति

नेपालगञ्ज – खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले ‘हरित खजुरा प्रोजेक्ट’ का लागि उज्वेकिस्तानमा भएको सम्झौताका बारेमा औपचारिकरुपमा जानकारी गराएका छन् । बुधवार एक बृहद कार्यक्रमको आयोजना गरी सम्झौताका बारेमा जानकारी गराउनुका साथै अन्तरक्रिया समेत गरेका थिए ।

गाउँपालिका अध्यक्ष कक्षपतिले हरित खजुरा प्रोजेक्ट ‘सुनौलो अवसर’ भएको बताए । उनले भने,–‘ खजुराका लागि मात्र होइन देशका लागि पनि उदाहरण दिने अवसर प्राप्त भएको छ । हामी अत्यन्त उत्साहित छौं ।’ कृषिक्षेत्रका माध्यमबाट सम्बृद्धी भएको देख्न अबका केही वर्षमा देश बिदेशका मानिसहरु खजुरामा आउने कक्षपतिले बताए ।

‘हरित खजुरा’का लागि सम्झौता, ‘पाइलट प्रोजेक्ट’ सञ्चालन हुने

 

यस्तो हुने छ ‘हरित खजुरा’

प्रकाशित मितिः बुधबार, साउन १, २०७६     7:16:55 PM