‘बिश्वविद्यालयका लागि बाँकेमा यसरी गर्न सकिन्छ जग्गाको जोहो’– पशुपति दयाल मिश्रको बिचार

नेपालगञ्ज – प्रदेश नं. ५ को प्रादेशिक बिश्वविद्यालय नेपालगञ्जमा स्थापना हुनुपर्ने माग सहित केही दिन अघि मेयर डा धवल शमसेर राणा नेतृत्वको डेलिगेशन टोलीले मुख्यमन्त्री शंकर पोखरेलसंग भेटघाट ग¥यो । मुख्यमन्त्रीले छलफलका क्रममा सय बिघा जग्गा कसरी उपलब्ध हुन्छ भन्दै चासो व्यक्त गरे पछि बाँकेमा त्यसको खोजी हुन थालेको छ । तत्कालिन नेपालगञ्ज बिश्वबिद्यालय संर्घष समितिमा मार्फत भएको आन्दोलनमा सक्रिय भूमिका निभाएका पशुपति दयाल मिश्र जो डेलिगेशन टोलीमा पनि थिए, उनले जग्गा व्यवस्थापनका लागि यस्ता उपाय सुझाएका छन् ।

‘प्रादेशिक विश्वविद्यालय स्थापनाको लागि मुख्यमंत्रीज्युले एक सया विघा जग्गाको उपलब्धताको प्रस्ताव गर्नुभएको छ । नेपालगञ्ज विश्वविद्यालयका लागि अहिलेसम्म भएको आन्दोलन र प्रयासलाई प्रदेश सरकारले बेवास्ता गरेको देखिन्छ । विश्वविद्यालयको लागि एक सय विघा जग्गा हुनुपर्ने कुनै मापदंड नभए पनि प्रशस्त जग्गा भयो भने विश्वविद्यालय संचालन सहज हुने मुख्यमंत्रीज्युले आफ्नो बिचार राख्नुभयो । त्यसलाई अन्यथा लिन मिल्दैन । विश्वविद्यालय स्थापना गर्नको लागि बाँके जिल्ला एक हुन जरुरी छ । यसका लागि सबै मिलेर जग्गाको खोजी गरौं ।

डुडवा गाउँपालिकाको बेतहनी जाने बाटोको बिशेष आर्थिक क्षेत्रका लागि प्रस्ताव गरेको २५ बिगा ऐलानी प्रती जग्गा, नेपालगञ्ज विश्वविद्यालयको लागि झोरा सामुदायिक बनले उपलब्ध गराउने सहमति २५ बिघा जग्गा, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकासंग समन्वय गरि जग्गाको व्यवस्थापन गर्न सकिन्छ । विश्वविद्यालय स्थापनाको लागि निरन्तर प्रयासहरु जारी राख्नु पर्छ । यस सम्बन्धमा व्यापक छलफल जारी राख्नु पर्छ । विश्वविद्यालयको लागि उपयुक्त हुने कूनै ठाउँमा १० बिघा भन्दा बढि ऐलानी वा सामुदायिक बन रुखहरु नभएको छ भने सुझावको लागि अनुरोध छ’

प्रकाशित मितिः शनिबार, साउन ४, २०७६     9:09:00 AM