बैंकर्स संघको माग : स्प्रेडदर गणनाविधि, बिमा अभिकर्ता बन्न नपाउने निर्देशन सच्याउ

नेपालगञ्ज – नेपाल बैंकर्स संघले राष्ट्र बैंकले तोकेको निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड) दर गणनामा पुनर्बिचार गर्न राष्ट्र बैंकलाई आग्रह गरेको छ । संघले राष्ट्र बैंकद्धारा सोमबार जारी परिपत्र मार्फत् कार्यान्वयनमा ल्याएको स्प्रेड को नयाँ गणना विधिले बैंकिङ क्षेत्रमा मात्रै नभई अर्थतन्त्रमै समस्या पर्ने निष्कर्श निकाल्दै पुनर्बिचार गर्न आग्रह गरेको हो ।

बुधबार बिहान १० बजेदेखि सवा ११ बजेसम्म बैंकर्समा २८ वटै बैंकका प्रमुख तथा बैंकका प्रतिनिधी बिच बैठक भएको थियो । उक्त बैंठकले राष्ट्र बैंकले लागू गरेको स्प्रेड दरको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने, बफर पुंजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकको मुनाफा २४÷२५ अर्बले घट्न सक्ने निष्कर्ष निकालेको संघले जनाएको छ ।

त्यस्तै बैंकले बिमा अभिकर्ता बन्न नपाउने नियम पनि व्यवहारिक नभएको बैंकर संघको निष्कर्ष छ । राष्ट्र बैंकद्धारा जारी निर्दे्शिकामा उल्लेख स्प्रेड दरको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने, बफर पुंजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकहरुको लगानीको साइज र मुनाफा घट्ने देखिएको भन्दै बैंकर संघले २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारीलाई छलफलको लागि बोलाएको थियो ।

प्रकाशित मितिः बुधबार, साउन २२, २०७६     4:53:32 PM