भर्खरको खवर :आगलागीबाट बिपीचोकमा दर्जन बढि फर्निचर उद्योग जले

नेपालगञ्ज -नेपालगञ्जको बिपीचोकमा रहेका दर्जन बढि फर्निचर उद्योग आगलागीबाट खरानी भएका छन् । अहिले  राती ११ बजेबाट शुरु भएको भिषण आगलागी राती साढे १२ बजेसम्म पनि निभाउन सकिएको छैन । नेपालगञ्जका दुईवटा र कोहलपुरको एउटा दकमलबाट आगो निभाउने प्रयास जारी छ ।

सुर्खेतरोडदेखि बागेश्वरी मन्दिर जानेबाटोको दक्षित तर्फ र जिभिएन कलेज जानेबाटोको उत्तरतर्फ रहेका सबै फर्निचर उद्योगमा आगो लागेको हो । आगो निभाउने क्रममै रहेकाले कति क्षती भयो भन्ने थाहा हुन सकेको छैन । यद्यपी दर्जन बढि फर्निचर उद्योग जलेकाले ठुलो क्षती भएको अनुमान गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     12:43:29 AM