भ्रमण वर्षको लोगो राखेर यसरी फेर्न थालियो ‘प्रो–फाईल पिक्चर’

नेपालगञ्ज – संस्कृति, पर्यटन तथा नागरिक उडड्यत्र मन्त्री योगेश भट्टराईले स्वदेश र विदेशमा रहेका नेपालीलाई आफुले प्रयोग गर्ने समाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखि दिन सार्वजनिक अनुरोध गरेसंगै ‘प्रो–फाईल पिक्चर’ परिवर्तन गर्नेको होडबाजी नै चलेको छ । आफ्नो सामाजिक सञ्जालको प्रो–फाईल पिक्चरमा भ्रमण वर्षको लोगो राख्न थालिएको छ ।

जसको प्रभाव बाँकेमा नपर्ने कुरै भएन । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले त शनिवार नै आफ्नो प्रोफाईल पिक्चरमा उक्त लोगो सहितको फोटो राखिसकेका थिए । ‘देशलाई राम्रो हुने कामका लागि सामाजिक सन्जाल प्रयोग गर्नु राम्रै हो ।’– श्रेष्ठ भन्छन् ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल लगायतले प्रोफाईल परिवर्तन गर्दै भ्रमण वर्षको लोगो राखेका छन् । नेकपाका नेताले समेत यसका साथ दिएका छन् । नेकपा बाँकेका नेता रत्न खत्री, प्रमोद धितालले प्रोफाईल पिक्चर परिवर्तन गर्दै राम्रो काममा सघाउन अनुरोध गरे ।

पर्यटन मन्त्रीको अनुरोध–‘सबै नेपालीले सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखौं’

प्रकाशित मितिः आइतवार, साउन २६, २०७६     9:50:17 PM