१६ वर्षमै विवाह गर्न पाउनुपर्ने मागका बिरुद्ध बाँकेका किशोरी क्लव एकजुट

नेपालगञ्ज – १६ वर्षमै विवाह गर्नुपर्ने माग गर्ने बिरुद्ध बाँकेका एक दर्जन किशोरी क्लवले ध्यानार्कषण भएको जनाएका छन् । त्यस्ता माग भ्रमपूर्ण र कानून बिरोधी भएको भन्दै किशोरीहरुले सरोकारवाला निकायको ध्यानार्कषण समेत गराएका छन् ।

आज सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी किशोरीहरुले बाल विवाह गर्नुपर्ने भ्रमपुर्ण आवाज बिरुद्ध साउन ३१ गते जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने निर्णय सार्वजिनक गरेका छन् । बाँकेमा अमुख व्यक्तिले महिलाहरुलाई अगाडी सारेर १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग गर्दै सडक जाम गरेको थियो ।

प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     4:30:29 PM