नगर बसमा हुने छन् महिला ‘कन्डक्टर’, उपमहानगरले आवेदन माग्यो (हेर्नुहोस्)

नेपालगञ्ज – नगर बसका लागि नेपालगञ्ज उपहानगरपालिकाले महिला परिचालकबाट आवेदन मागेको छ । उपमहानगरपालिका आफैले नगरमा सञ्चालनका लागि सातवटा सुविधा सम्पन्न सातवटा बस खरिद गरिसकेको छ । ती बसका लागि महिला परिचालकबाट आवेदन माग गरिएको मेयर डा. धवल शमसेर राणाले जानकारी दिए । नगर सञ्चालनका लागि महिलालाई पहिलो पटक यसरी प्राथमिकता दिइएको हो । उसले चालक पनि महिलानै राख्ने योजना बनाए पनि सफल हुन नसकेपछि परिचालक मात्र मागेको हो ।

आगामी दिनमा महिला चालकनै राख्ने योजना बनाको छ । तत्कालका लागि परिचालक कण्डक्टर हुने छन् । ‘महिला दिदी बहिनीहरु कुनै काममा पछि छैनन् । त्यसैका लागि हामीले नगर बस सञ्चालनको जिम्मेवारी उहाँहरुलाई नै दिन खोजेका हौं ।’– मेयर राणाले भने । बस सञ्चालन पूर्व उपमहानगरपालिकाले २५ जना महिलालाई प्रशिक्षण समेत दिएको थियो । प्रशिक्षण दिएका महिलालाई चालकका लागि पूर्णरुपमा तयार भएका छैनन् ।

प्रकाशित मितिः बुधबार, साउन २९, २०७६     7:45:03 PM