यज्ञलक्ष्मीको तिज फोटो प्रतियोगिता : बिजेतालाई ६५ सय पुरस्कार, यसरी सहभागि बनौं

नेपालगञ्ज -नेपालगन्ज स्थित यज्ञलक्ष्मी अटो डिष्ट्रीव्यूटर प्रा.लिले तिज फोटो प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ । उक्त फोटो प्रतियोगिताको बिजेतालाई रु ६ हजार ५ सय र उपबिजेतालाई रु ३ हजार ५ सय पुरस्कार प्रदान गरिने छ ।

महिलाले सारी, लेहङ्गा,कुर्ता सुरुवाल लगाएर खिचेको तस्वीर यज्ञलक्ष्मीको Yagyalaxmi Nepalgunj फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ । त्यसरी ट्याग गरिएको तस्वीर मध्ये सबैभन्दा धेरै जसको लाईक आउँछ त्यसैका आधारमा बिजेता छानिने छ । यो प्रतिस्पर्धा महिलाका लागि मात्र हो । तस्वीर भदौ १५ गतेसम्म पठाईसक्नुपर्नेछ ।

प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६     1:59:37 PM