‘पहिलेको जस्तै मूल महन्तको कार्यालय,अतिथि र सत्संग भवन बन्छ ।’

नेपालगञ्ज – बागेश्वरी गुठी व्यवस्थापन समितिले मन्दिर परिसरमा कुनै पनि सपिङ्ग कम्पलेक्स नबन्ने स्पष्ट पारेको छ । कम्पलेक्स बनाउने कुनै योजना नरहेको स्पष्ट पार्दै गुठीले साविककै ठाउँमा मूल महन्तको कार्यालय, बिशिष्ट अतिथि कक्ष, सत्संग भवन सहित १७ वटा सटर निर्माण भने गर्न लागिएको जनाएको छ ।

गुठीका तर्फबा सचिव गोपाल प्रसाद अधिकारीले प्रेस बिज्ञप्ती जारी गरी बागेश्वरी मन्दिर छेउमा मन्दिरलाई नै प्रतिकुल असर पर्ने गरी सपिङ्ग कम्पलेक्स निर्माण हुन लागेको भनी आएका प्रतिक्रियाप्रति गम्भीर ध्यनार्कषण भएको उल्लेख गरेका छन् । ‘सपिङ्ग कम्पलेक्स निर्माण गर्ने योजना पनि नरहेको र आगामी दिनमा सो स्थानमा कुनै पनि किसिमको सपिङ्ग कम्पलेक्स निर्माण नगरिने प्रतिवद्धता जनाउँछौ ।’–बिज्ञप्तीमा भनिएको छ ।

गुठीले बागेश्वरी मन्दिरको परम्परागत मर्यादालाई असर नपर्ने गरी निर्माण हुन लागेको पूर्वाधारको ठेक्का पनि भइसकेको उल्लेख छ । नयाँ बन्ने संरचनाले मन्दिरलाई सुरक्षा र गोपनियतामा सघाउने गुठीको निष्कर्ष छ । यस्तै सटरले नियमित आम्दानीको स्रोत समेत बढाउने छ ।

हेर्नुहोस् बिज्ञप्ती

मन्त्री ‘भर्सेज’ मेयर होइन, नेपालगञ्जको विकासमा अंकमाल !

शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा कम्पलेक्सको काम रोक्न पत्र काट्यो

बागेश्वरी मन्दिरमा धर्मशाला र सटर बनाउँदै उपमहानगर, सामाजिक सञ्जालमा बिरोध

प्रकाशित मितिः शुक्रबार, साउन ३१, २०७६     1:55:10 PM